default_image

6 years ago

August 15, 2018

इजिप्टमा ६ वर्षपछि समर्थकले रंगशालामै खेल हेर्न पाउने

काएरो (एजेन्सी) – अफ्रिकी मुलुक इजिप्टको फुटबल लिगमा समर्थकहरुले अब खेल भइरहेको खेलमैदामा गएर खेल हेर्न पाउने भएका छन् । सन् २०१२ पछि दर्शकले पहिलो पटक मैदानमा गएर खेल हेर्न पाउने भएका हुन् । सन् २०१२ मा खेलका दौरान करिब ७४ जना अल अहलीका समर्थकको मृत्यु भएका कारण फेब्रुअरी २०१२ पछि खेल भइरहेका बेला खेल […]

21 views

0 Bookmark

काएरो (एजेन्सी) – अफ्रिकी मुलुक इजिप्टको फुटबल लिगमा समर्थकहरुले अब खेल भइरहेको खेलमैदामा गएर खेल हेर्न पाउने भएका छन् । सन् २०१२ पछि दर्शकले पहिलो पटक मैदानमा गएर खेल हेर्न पाउने भएका हुन् ।

सन् २०१२ मा खेलका दौरान करिब ७४ जना अल अहलीका समर्थकको मृत्यु भएका कारण फेब्रुअरी २०१२ पछि खेल भइरहेका बेला खेल मैदान जान बन्देज गरिएको थियो । प्रतिबन्ध सेप्टेम्बर १ तारिखबाट फुकुवा हुने बताइएको छ । सुरुवातमा ५ हजार भन्दा बढी समर्थकलाई मैदानमा प्रवेश गर्न अनुमति दिइने छैन् । इजिप्टका खेल मन्त्रि डा. अशरफ सोभइले अब समर्थकले पनि खेलमैदानमै गएर खेल हेर्न पाउने अनुमती दिएका हुन् ।

सन् २०१२ पछि समर्थकको केहि संख्याले केही खेल हेर्न पाएका थिए । जहाँ अन्तराष्ट्रिय खेल तथा केहि क्लब स्तरिय खेलमा मात्र सहभागी थिए । सन् २०१५ को सुरुवातमा समर्थक खेल मैदान आउन थालेका थिए । तर, फुकुवा भएको छोटो समयमै २२ जना जमालेकका समर्थकको भागदौडमा  निधन भएको थियो । इजिप्टका खेल मन्त्रि डा. अशरफले पछिल्लो साता इजिप्ट फुटबल संघ र क्लबका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए । अब निर्णयमा आन्तरिक सुरक्षा मन्त्रालयबाट सहमति मिल्ने आशा रहेको बताएका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.