7 years ago
August 18, 2018
दिपक न्यौपाने
जकार्ता – एसियाली खेलकुदको १८ औं संस्करण इन्डोनेसियाको राजधानी सहर जकार्तामा शनिबार औपचारिक रुपमा सुरु भएको छ । एसियाका ४५ राष्ट्रका १० हजार भन्दा बढी खेलाडीले एसियाडमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । उद्घाटन जकार्तामा भयो भने समापन इन्डोनेसियाको अर्को सहर पालेम्बाङ हुने बताइएको छ ।
एसियाडमा समावेश ४५ खेलमध्ये १० खेल पालेम्बाङमा हुनेछ । सन् १९६२ मा एसियाडको चौथो संस्करण आयोजना गरेको जकार्ताले दोस्रोपल्ट एसियाको कुम्भ खेलमेला आयोजनाको अवसर पाएको हो । एसियाडमा झन्डै १५ हजार स्वयंसेवकलाई परिचालन गरिएको बताइएको छ । जेराला बङ कार्नो (जेबीके) मुख्य स्टेडियममा शनिबार साझ भएको उद्घाटन माडेनी मलिक र इको सुप्रियान्तोको कोरियोग्राफमा चार हजार डान्सरले प्रस्तुती दिएका थिए ।
चर्चित इन्डोनेसियन गायक अनगुनलगायत रैसा, तुलुस, इडो कोन्डोलोजित, फतिन, पुत्री अयुलगायतका संगितकर्मीले कार्यक्रमलाई विशेष बनाएका थिए । इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले एसियाली खेलकुदको उद्घाटन गरेका हुन । उनी मोटरसाइकलमै आएर उद्घाटन गरेका थिए । मुख्य स्टेडियमसहित विभिन्न १२ इन्डोर रंगशालामा एसियाडका खेल हुनेछन् ।
एसियाडमा नेपालले अहिलेसम्म स्वर्णमा कुनै पदक ल्याउन सकेको छैन । नेपाली खेलाडीले कुल १५ संस्करण खेल्दासम्म एउटै स्वर्ण पदक जित्न सकेका छैनन् । बैंकक एसियाड, १९९८ मा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले जितेको रजत पदक नै नेपालको गौरवशाली एसियाडको सबैभन्दा ठूलो पदक हो ।
एसियाडमा दुई पदक जित्ने नेपाली खेलाडीको कीर्तिमान भने दीपक विष्टको नाममा छ । एसियाडमा नेपालका लागि तेक्वान्दो नै सफल बनेको छ । पछिल्लो दुई संस्करणमा त नेपालले १–१ कांस्य पदकमै चित्त बुझाउनुपरेको छ । एसियाडमा अहिलेसम्म नेपालले कुल १ रजत र २२ कांस्य पदक जितेको छ ।
नेपालका १ सय ८५ खेलाडी खेल्दै
नेपालले २९ खेलमा १ सय ८५ खेलाडीलाई प्रतीस्पर्धा गराउदै छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव समेत रहेका सेभ द मिसन केशवकुमार विष्टले तेक्वान्दो, कराते, जुडो, उसु, बक्सिङसहित नया खेलका रुपमा एसियाडमा प्रवेश पाएको पाराग्लाइडिङ र स्केटिङबाट पदक जित्ने सम्भावना रहेको बताए ।
उनले आफूलाई खेलाडीले वैदेशिक भ्रमणमा गरेको प्रशिक्षण र नतिजाका आधारमा प्रशिक्षकले दिएको रिपोर्टका आधारमा पदक जित्ने दाबी गरिएको बताए ।तेक्वादो टोली झन्डै साढे दुई महिना दक्षिण कोरियामा प्रशिक्षण गरेर सिधै जकार्ता आएको हो भने करातेले जापान, उसुले चीन, बक्सिङ थाईल्यान्ड, स्केटिङले हङकङमा प्रशिक्षण गरेको थियो ।
पाराग्लाइडिङले पनि पछिल्लो महिना चीन प्राप्त गरेको पदक र नतिजाका आधारमा एसियाडमा पदकको आस गरेको हो । उद्घाटनको मार्चपासमा नेपालको झन्डा ओलम्पियन कमलबहादुर अधिकारीले बोकेका थिए । नेपालले भोली आइतबार फुटबल,भलिबल,कुस्ति,कपर्दी,टेनिस,तेक्वान्दो,ब्याटमिन्टन लगायतका खेलमा प्रतिस्पर्धा गर्ने छ ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]