default_image

7 years ago

August 24, 2018

‘रोनाल्डोलाई लाज लाग्नुपर्ने’

141 views

0 Bookmark

टुरीन (एजेन्सी) – किएभोका गोलरक्षक स्टेफनो सोर्रेन्टिनोकी पत्नीले युभेन्ट्सर किएभोको खेलमा क्रिस्टियानो रोनाल्डोले लज्जास्पद कार्य गरेको आरोप लगाएकी छिन् ।खेलदौरान रोनाल्डो र स्टेफनो जुध्दा रोनाल्डोले देखाएको व्यवहारलाई स्टेफानोकि पत्नीले लज्जास्पद कार्यको संज्ञा दिएकी हुन् ।

स्टेफानो रोनाल्डोसँगको जुधाईपछि शनिवार रातभर अस्पतालमा भर्ना भएका थिए । भेट्रान गोलरक्षको नाक भाचिएको छ भने काँधमा समेत समस्या देखिएको छ । स्टेफानोले रोनाल्डोलाई आफलाई सहानुभूति देखाएकोमा धन्यवाद पनि दिइसकेका छन् । खेलका दौरान सबै खेलाडी आफ्नो पक्षबाट राम्रो प्रदर्शन गर्न तत्पर हुने कारण चोटपटक लाग्नु स्वभाविक भएको उनको बुझाई थियो ।

तर उनकी श्रीमती सारा रुगेरीले भने क्रिस्टियानो रोनाल्डोले सुरुमा आफ्ना पति चोटमा हुँदा हेरेर पछि त्यसै छाडेकोभन्दै असन्तुष्टि जनाइन् । उनको इन्स्टाग्राम पोस्टमा लेखिएको छ, “मैले घन्टौंसम्म चुपचाप बस्ने प्रयास गरें । तर रोनाल्डोले  त्यस कुरामा ध्यान दिनुपर्ने थियो। “

‘यदि च्याम्पियन खेलाडी आफु च्याम्पियन हुँ भन्ने चाहन्छन् भने पहिले एक मानिस हुन सिक्नु पर्छ । रोनाल्डोले गरेको व्यवहारले म मान्दिन कि रोनाल्डो च्याम्पियन हुन् । म सच्चा मानिसको प्रशंसा गर्न सक्छु र टोमोभिच एक सच्चा मानिस हुन् जो मेरा पति चोटमा हुँदा हरसम्भव प्रयास गरिरहेका थिए,’ उनले भनिन्, ‘ धन्यवाद उनीहरुलाई जोसंग सफा हृदय, मानवता र सिदान्त छ। मलाई जसले आलोचना, गाली र नराम्रो दृष्टिकोणले हेरेर छाडछन् तीप्रति घृणा छ ।’

सो घटना पश्चात स्टेफानोलाई आन्द्रे सेकुलिनले प्रतिस्थापन गरेका थिए । स्टेफानोले आफ्नो चोटिल तस्बिर ट्वीटरमा पोस्ट गर्दै लेखे, “धन्यवाद उनीहरुलाई जसले मलाई ठिक हुनको लागि कामना गर्नुभयो । हामी एक राम्रो टोलि हौं । मलाई रोनाल्डोले शीघ्र स्वास्थ्यलाभको कामना गरे , त्यसको लागि धन्यवाद । ‘

स्टेफनोकि पत्नीको केहि शब्दभने पाउलो डिबालालाई पनि लक्षित भएको बुझिएको छ। डीबाला गोलको खुसी मनाउन दगुर्दा स्टेफनोभने चोटिल भएर मैदानमा लडेका थिए । साराको पोस्टमा रिप्लाई गर्दै डिबालाले लेखेका छन्, “तिमी सहि छौ । मलाई के भैरहेको छ भन्ने थाहा थिएन । मलाई माफ गर्नुहोला । ‘

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.