default_image

6 years ago

August 23, 2018

मेसी राष्ट्रिय टोलीमा कहिले फर्कन्छन् ?

25 views

0 Bookmark

ब्युनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिना फुटबल टोलीका कार्यवहाक प्रशिक्षक लियोनल स्कालोनीले सुपर स्टार लियोन मेसी कहिले टोलीमा फर्कन्छन् भन्ने कुनै टुंगो नभएको बताएका छन् । भविष्यमा के हुन्छ भन्ने विषयमा मेसीसँग छलफल नभएको स्कालोनीले जनाए ।

Messi

रसिया विश्व कपमा टोलीको नेतृत्व गरेको ३१ वर्षे मेस्सीले अहिले राष्ट्रिय टोलीबाट विश्राम लिएका छन् ।यो वर्ष उनले राष्ट्रिय टोलीबाट नखेल्ने प्रष्ट पारिसकेका छन् । केहि दिनमा हुने मैत्रीपूर्ण खेलका लागि मेस्सीलाई टोलीमा समावेश गरिएको छैन । अर्जेन्टिनाले ग्वाटेमालाबीच सेप्टेम्बर ७ मा लस एन्जल्स र त्यसको चार दिन पछि कोलम्बियासँग न्यू जर्सीमा मैत्रीपूर्ण खेल हुनेछ ।

‘मैले मेस्सीसँग कुरा गरे । अहिलेको मैत्रीपूर्ण खेलका लागि उनी टोलमिा छैनन । इमान्दारीपूर्वक भन्दा भविष्यमा के हुन्छ भन्ने विषयमा हाम्रो बीचमा छलफल भएन,’ स्कालोनीले भने,‘ हामी सबैलाई थाहा छ उनी हुनुको अर्थ । हेरौं भविष्यमा के हुन्छ । उनीसँग मेरो राम्रो सम्बन्ध छ । कुराकानी राम्रो भयो र हामी सबै कुरामा प्रष्ट छौं । अहिलेलाई उनी टोलीमा छैनन्, भविष्यमा के हुन्छ हेरौं ।’

मेस्सी मात्र होइन अहिले यसअघि टोलीका महत्वपूर्ण सदस्य पनि यसपटक टोलीमा छैनन् । विश्व कपमा टोलीमा रहेको म्यानचेस्टर सिटीका सर्जियो अगुएरो, निकोलस ओटामेन्डी, पेरिस सेन्ट जर्मेनका एन्जल डी मारिया र एसी मिलानका गोन्जालो हिगुइन छैनन् ।

विश्व कपमा रहेका २३ मध्ये अहिले टोलीमा ९ खेलाडी मात्र रहेका छन् । टोलीमा समेटिएका इन्टर मिलानका कप्तान माउरो इकार्डी र पाउलो डेबालालाई भविष्यको भविष्यको स्टारका रुपमा हेरिएको छ ।

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.