default_image

6 years ago

August 23, 2018

हाजार्ड भित्र्याउन रियलको अन्तिम प्रयास

31 views

0 Bookmark

मड्रिड (एजेन्सी) – स्पेनिस महारथी रियल म्याड्रिडले चेल्सी तथा बेल्जियमका स्टार इडेन हाजार्डलाई क्लबमा अनुबन्ध गर्न अन्तिम प्रयास थालेको छ । क्लबले यस सिजनको समर ट्रान्सफर सकिनुअघि नै चेल्सीका अट्याकिङ मिडफिलडर हाजार्डलाई क्लबमा अनुबन्ध गर्ने अन्तिम प्रयास थाल्ने भएको हो ।

स्पेनमा ३१ अगस्टसम्म समर ट्रान्सफर खुल्ला छ । आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस् प्रस्थानसँगै उनको स्थानमा ‘मार्की’ खेलाडी अनुबन्ध गर्न सकेको छैन । रियलका मुख्य प्रशिक्षक जुलेन लोप्टेगुईले रोनाल्डोको विकल्पको रुपमा ग्यारेथ बेल र करिम बेन्जेमालाई अघि सारेपनि उनीहरुले आशतित प्रदर्शन गर्न नसकेपछि रोनाल्डोको स्तर जत्तिकैको खेलाडीको रुपमा हाजार्डलाई क्लबमा अनुबन्ध गर्ने योजनामा छ ।

रियलले २७ वर्षीय हाजार्डलाई लामो समयको लालि क्लबमा अनुबन्ध गर्ने योजना हुनेछ । बेल्जियमका स्टार हाजार्डले लन्डनमा ६ वर्ष विताएको र अब केही परिवर्तन चाहेको बताएका थिए । तर, एक साताअघि मात्रै आफु चेल्सीमा खुशी रहेको प्रतिक्रिया दिएका थिए ।

चेल्सीका प्रशिक्षक मौरिजियो सार्रीले पनि हाजार्डलाई क्लबमै राख्न चाहेका छन् । पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवालाई गुमाइसकेको चेल्सी हाजार्डलाई गुमाउन चाहेको छैन । चेल्सीले हजार्डको सम्झौता अझै दुई वर्ष बाँकी रहेको अवस्थामा फेरि पाँच वर्षको नयाँ सम्झौता अघि सारेको छ

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

Success

Thank you for your time.