default_image

6 years ago

August 23, 2018

रोनाल्डोको सपना- ‘छोरा फुटबल खेलाडी होस्’

26 views

0 Bookmark

टुनिर (एजेन्सी)– फुटबल स्टार क्रिस्टियानो रोनाल्डो चार सन्तानका पिता हुन् । उनले आफ्नो ठूलो छोरा आफु जस्तै खेलाडी भएको सपना देखेको स्वीकार गरेका छन् । यद्यपी उनले खेलाडी बन्नकै लागि भने दबाब नदिने बताएका छन् ।

८ वर्षे क्रिस्टियानो जुनियरले बेर्नाबेउमा हुँदा देखाएको खेल कौशललाई रोनाल्डोले आफ्नो इन्स्टाग्राम पेजमा समेत राखेका थिए । उनमा पनि आफ्नो बाबुकै जस्तो क्षमता रहेको छनक देखिन्छ । आफु सानो हुँदा जस्तै छोराले पनि फुटबल कौशल देखाउने गरेको उल्लेख गर्दै रोनाल्डोले उनी खेलाडी हुने सम्भावना रहेको बताएका छन् । उनले त्यसमा छोराको चाहनामा बढी निर्भर गर्ने पनि प्रष्ट पारेका छन् ।

‘उनी निकै प्रतिस्पर्धात्क छन् । म युवा हुँदा जस्तो खेल्छन्,’ युभेन्ट्सका स्टारले अन्तवार्ताका क्रममा भने, ‘उनी पनि म जस्तै हार्न चाहदैनन । म निश्चित छु । उनी शतप्रतिशत मै जस्तो छन् । म उनलाई सल्लाह त पक्कै दिन्छु । तर उनी जे चाहन्छन् त्यहि गरुन् । म उनलाई जहिले साथ दिनेछु ।’

 

उनले छोरा फुटबल खेलाडी नै भएको हेर्न भने चाहेको बताए । ‘उनमा खेलाडीमा हुनपर्ने शारीरिक बनाउवट, गति, स्किल, सुट सबै छ ,’ उनले थपे, ‘तर त्यसका लागि समय लाग्नेछ । उनी सानै छन् । म उनी माथि कुनै दबाब दिनेमा छैन । तर पनि मेरो सपना उनी फुटबल खेलाडी भएको हेर्ने चाहि छ ।’

रियल म्याड्रिडबाट यहि सिजन १ सय मिलियन पाउन्डमा युभेन्ट्स पुगेका उनले अघिल्लो साता डेब्यू गरेका थिए । उनले गोल गर्न नसकेपनि युभेन्ट्सले त्यो खेलमा कियभोलाई ३–२ ले हराएको थियो ।

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

Success

Thank you for your time.