7 years ago
August 23, 2018
बार्सिलोना (एजेन्सी)- बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भल्भेर्डेले अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी र पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धा समाप्त भएको बताएका छन् ।

रोनाल्डोले रियल म्याड्रिड छोडेर अर्को लिगमा गएको र हाल दुबै खेलाडीको लिग फरक फरक भएकाले उनीहरुबीचको प्रतिस्पर्धा समाप्त भएको बार्सिलोनाका प्रशिक्षकले बताएका हुन् । रोनाल्डो यसै सिजन रियलबाट १०० मिलियन युरोमा युभेन्ट्स पुगेका थिए । ‘रोनाल्डो र मेस्सीको प्रतिस्पर्धा समाप्त भएको हो, किनकी अब दुवै खेलाडीको एक अर्काको उल्लेख्य प्रदर्शनले एक अर्कालाई असर गर्ने छैन् , ‘ भाल्भेर्डेले भने, ‘तुलना समाप्त हुन सक्छ तर, प्रशंसकबाट अलग हुन उच्च प्रदर्शन जारी राख्नुपर्छ ।’
दुवै खेलाडीको पहिलो खेलका दौरान समर्थकले एक अर्काबीच तुलना गरेका थिए । तर, पहिलो प्रतिस्पर्धामा बार्साका स्टार मेसीले रोनाल्डोलाई पछि पारे । जहाँकी मेस्सीले जित आफ्नो पक्षमा पारे । घरेलु लिगमा दुवै खेलाडीको प्रतिस्पर्धा एकै लिगमा समाप्त भएपनि बाँकी सिजनकालागी प्रतिस्पर्धा जारी रहने छ । खासगरी युईएफए च्याम्पियन्स लिग सुरु हुँदा दुई खेलाडीबीच प्रतिस्पर्धा हुने सम्भावना रहन्छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]