default_image

7 years ago

August 24, 2018

राकीटिच भित्र्याउन पीएसजी ९० मिलियन युरो तिर्न तयार

112 views

0 Bookmark

पेरिस (एजेन्सी)- फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) क्रोएसिया तथा बार्सिलोनाका मिडफिल्डर इभान राकीटिचका लागि ९० मिलियन युरो तिर्न तयार भएको छ । यसअघि बार्साले इभानलाई कसैले आफ्नो क्लबमा अनुबन्ध गर्न चाहे १२५ मिलियन युरो मुल्य तिर्नु पर्ने भन्दै मूल्य तोकेको थियो ।

पिएसजी हाल इभानलाई क्लबमा अनुबन्धन गर्न अगाडी सरेको खुलेको छ । क्रोएसियाको आश्चर्यजनक विश्वकप प्रदर्शनमा इभानले आफ्नो टिम फाइनल पुर्याउनका लागि महत्वपुर्ण योगदान दिलाएका थिए । ३० बर्षीय मिडफिल्डरका लागि पिएसजीले बार्सासँग प्रारम्भिक छलफल  सुरु गर्ने बताइएको छ । तर, बार्सा यस प्रस्तावको स्वीकार गर्छ या गर्दैन त्यो भने खुलेको छैन् ।

केहि दिनअघि मात्र बार्साले इभानको मुल्य १२५ मिलियन युरो तोकेको थियो । इभानको बार्सामा अझै तीन वर्ष सम्झौता बाँकी छ । उनको सम्झौता सन् २०२१ सम्मको रहेको छ । ३० बर्षीय इभानको बजार मुल्य अबको केहि वर्षमा घट्न सक्ने अनुमान गरिएको छ । त्यसैले पनि बार्साले यो प्रस्तावलाई स्वीकार गर्न सक्ने छ । उनले क्रोएसिया राष्ट्रय टिमबाट यसै बर्ष मात्र ११ खेल खेले ।

सन् २००७ मा राष्ट्रिय टिममा डेब्यु गरेका उनले हाल सम्म ९९ खेल खेली सकेका छन् । २००५ बाट व्यवसायिक फुटबल खेल्न थालेका इभानले ला लिगाका मात्र ८ सिजन खेले । सन् २०१४ मा सेभिल्ला बाट उनी बार्सिलोना पुगेका थिए । उनले हाल सम्म बार्साबाट लिगका मात्र १३५ खेल खेलेका छन् । गत सिजनको ला लिगामा उनले ३५ खेल खेलेका थिए । पिएसजीले पछिल्लो सिजन बार्साबाटै नेयमारलाई किर्तिमानी मुल्यमा अनुबन्ध गरेको थियो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.