7 years ago
August 24, 2018
म्याड्रिड (एजेन्सी)- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको स्थानमा खेलाडी अनुबन्ध गर्न रियल मड्रिड लामो समयदेखि व्यस्त देखिएको छ छ । यतीखेर रियल पिएसजीका युवा स्टार खेलाडी केलियन एमबाप्पेलाई अनुबन्ध गर्न प्रयासरत रहेको खुलेको छ ।

सिजनको ट्रान्फर विन्डो बन्द हुनुभन्दा पहिले एमबाप्पेलाई अनुबन्ध गर्न रियल कसरतमा जुटेको छ । यस अवस्थामा पिएसजीले आर्थिक फेयर–प्लेको उलंघन गरेको आरोप रियलका लागि सहयोगी हुने सम्भावना बढेको छ । फ्रान्सेली पक्ष सोमबारसम्म एमबाप्पेलाई अनुबन्ध गर्दा खर्चेको १६० मिलियन पाउण्डको जोहो गर्ने विकल्प खोजिमा रहेको थियो । उनी गत सिजन मोनाकोबाट लोनमा पिएसजी पुगेका थिए ।
युईएफएले अगस्ट ३० सम्म पिएसजीको एफएफपी स्थीतीको समाधान गरि सक्नु पर्ने बताएको छ । यदि पीएसजीले नियम पालना नगरेको खण्डमा एमबाप्पेलाई अनुबन्ध गर्न असमर्थ हुने बताइएको छ । जसरी अहिले पिएसजी आफ्नो फाइदाका लागि एमबाप्पे अनुबन्ध गर्न हतारमा छ त्यसरीनै अनुबन्ध गर्न नसके बेच्नका लागि बाध्य हुनेछ ।

रियल अध्यक्ष फ्लोरेन्टिनो पेरेज पहिले देखिनै एमबाप्पेलाई अनुबन्ध गर्न तयार रहेका छन् । यदी रियलसँग उनलाई अनुबन्ध गर्न २४ घण्टाको समय मात्र भएपनि रेकर्ड हस्ताक्षर गर्न सफल हुने बताइएको छ । एमबाप्पे पेरेजलाई मन पर्ने खेलाडी तथा आउने दशकका लागि आफ्नो हमलाको नेतृत्व गर्न सक्ने क्षमता भएको क्लबको बुझाई छ ।
एमबाप्पेले पीएसजीका लागि लिग वनको पहिलो खेलमा दुई गोल गरिसकेका छन् । जबकी गत सिजन उनले २४ खेल खेल्दै १३ गोल र ८ असिष्ट गरेका थिए । फ्रान्सले विश्वकप जित्दा पनि प्रभावशाली प्रदर्शन गरेका एमबाप्पेले उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका थिए । रियलले उनकै लागि हालसम्म रोनाल्डोले छाडेको ७ नम्बर जर्सी बचाएको पनि बुझिएको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]