7 years ago
August 24, 2018
म्यानचेस्टर (एजेन्सी)- दोस्रो रोजाइका गोलरक्षक ब्राभो घाइते भएपछि म्यानचेस्टर सिटीले लोनमा नेदरल्यान्ड्सको क्लब पुगेका १९ बर्षीय गोलकिपर एरो म्युरीचलाई क्लबमा फिर्ता बोलाएको छ । डच साइड क्लब एनएसी ब्रेडामा एक वर्षका लागि आवद्ध भएका म्युरीचलाई दोस्रो रोजेका गोलकिपर क्लाउडियो ब्राभो प्रशिक्षणमा घाइते भए पछि क्लबमा फिर्ता बोलाइएको हो ।

चिलीका कप्तान समेत रहँदै आएका ब्राभो सोमबार प्रशिक्षणका क्रममा घाइते भएका थिए । उनी एडरसन पछिको पहिलो रोजाइका खेलाडी थिए । ३५ वर्षीय ब्राभो बिहिबार मेडिकल परिक्षणका लागि बार्सिलोना प्रस्थान गरेका छन् । उनी केही महिना मैदान बाहिर रहन सक्नै अनुमान गरिएको छ । सिटीले ट्रान्सफर विन्डो बन्द हुनुअघि मात्र इंग्ल्यान्डका गोलरक्षक जो हार्टलाई बर्नली पठाएको थियो । अर्का युवा गोलरक्षक गन पनि सिटी छाडेका थिए ।

मोन्टेनेग्रोका यु–२१ खेलाडी म्युरीच एक सिजन लामो लोनमा गएपनि सिटीको मागसँगै फर्किएका छन् । उनी बिहिबार क्लब आएर शनिबार प्रिमियर लिगमा वल्भसविरुद्ध हुने खेलमा उपलब्ध हुने बुझिएको छ । म्युरीच सन् २०१५ मा स्विटजरल्यान्डको ग्रासहोपरबाट सिटी पुगेका थिए । पछिल्लो सिजन उपाधि जित्दा उनी क्लबका लागि तेस्रो रोजाइका गोलकिपर थिए ।
ब्राभोको चोट गम्भीर भएको अवस्थामा क्लबले जनवरीमा नयाँ गोलरक्षक ल्याउने सम्भावना पनि बढ्ने छ । एडरसन एक्लै पुरै सिजन एक्लै खेल्न फिटनेसको हिसाबले पनि कठिन हुनेछ । म्युरीच उच्च स्तरमा पहिलो रोजाईका लागि तयार नभएको अवस्थामा सिटीले नयाँ खेलाडी अनुबन्धन गर्न सक्छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]