7 years ago
August 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) — अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिनियर राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठलाई नियुक्त गरेका छन् । उनी सहारा क्लब पोखराको प्रशिक्षक हुन् ।

राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त भएपछि बिहिबार काठमाडौं आउनुअघि पोखरा विमानस्थलमा । तस्वीर सौजन्यः सुदर्शन रन्जित
एन्फाले सिनियर राष्ट्रिय टिमको कार्यवहाक मुख्य प्रशिक्षकको रुपमा यसअघिका सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई नियुक्त गरेको भोलिपल्ट अर्थात बिहिबार किरणलाई सहायक प्रशिक्षकको रुपमा नियुक्त गरेको एन्फा प्रवक्ता किरण राईले हाम्रो खेलकुदलाई जानकारी दिए । बंगलादेशमा आयोजना हुने १२औं संस्करणको साफ च्याम्पियनसिपलाई लक्षित गर्दै एन्फाले किरणलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । गोलकिपर प्रशिक्षकमा भने नवीन महर्जन यथावत छन् ।
सहायक प्रशिक्षकमा नियुक्त भएसँगै प्रशिक्षक श्रेष्ठले एन्फाले विश्वास गरेर दिएको यो मौकालाई खेर जान नदिने बताए । ‘एन्फाले मलाई विश्वास गरेर राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । म एन्फालाई धन्यवाद दिन चहान्छु । यो मौकालाई म खेर जाने दिनेछैन । मुख्य प्रशिक्षक बालगोपाल महर्जनको ट्याक्टिस र मेरो ट्याक्टिसलाई सहकार्य गरी अघि बढ्नेछौं । साफमा राम्रो नतिजा दिने मेरो प्रयास हुनेछ ।’ उनले आजदेखि प्रशिक्षण शुरुवात गर्नेछ ।
पोखराबाट व्यावसायिक खेलजीवन र प्रशिक्षण शुरुवात गरेका ४२ वर्षीय किरण एएफसीको ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । पोखराको सहारा क्लबबाट खेलजीवन शुरुवात गरेका उनले ‘ए’ डिभिजन क्लब जावलाखेलबाट २०५६ देखि २०६१ सम्म खेल्ने क्रममा उनले टिमको कप्तानी समेत सम्हालेका थिए । त्यसपछि प्रशिक्षणमा लागेका उनले साहरा क्लबबाटै प्रशिक्षण शुरुवात गरेका थिए । सहारापछि उनले ‘ए’ डिभिजन लिगमा बौद्ध फुटबल क्लब, राष्ट्रिय लिगमा सूदुरपश्चिम–११ फुटबल क्लब, नकआउट प्रतियोगिताहरुमा हिमालयन शेर्पा र कास्की–११ लाई प्रशिक्षण दिइसकेका छन् ।
साफ च्याम्पियनसिप यही भदौ १९ देखि ३० सम्म बंगालादेशको ढाकामा हुँदैछ । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले ४ सेप्टेम्वरमा पाकिस्तानसँग खेल्दै साफको शुरुवात गर्नेछ । ६ सेप्टेम्वरमा भुटान र ८ सेप्टेम्वरमा आयोजक बंगलादेशको सामना गर्नेछ । नेपाल अहिलेसम्म साफ च्याम्पियसिपको सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]