7 years ago
August 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षणका दौरान जीपीएस प्रणाली प्रयोगमा ल्याएको छ । साफ च्याम्पियनसिपको तयारीमा जुटेको नेपाली टोलीले शुक्रबारदेखि यो प्रयोग गर्ने एन्फाले जनाएको छ ।

एथलेटिक ट्रेनर विवेक अधिकारी र डिफेन्डर अनन्त तामाङ
तस्बिर सौजन्य : एन्फा
टोलीमा एथलेटिक ट्रेनर तथा पर्फर्मेन्स प्रशिक्षक विवेक विक्रान्त अधिकारीको आगमनसँगै नेपाली टोलीले प्रशिक्षणमा आधुनिक उपकरणहरु प्रयोग गर्दै आएको छ । अधिकारीले नेपाली टोलीको फिटनेस सुधार्न एसियाली खेलकुद अघि विशेष प्रशिक्षण पनि दिएका थिए । उनले खेलाडीको फिटनेस सुधार्न र चोटबाट बच्न यो जीपीएस प्रणालीले सहयोग पुग्ने बताए ।
‘ हामी खेलकुदको वैज्ञानिक युगमा प्रवेश गर्न थालेका छौं । यो हाम्रो त्यसतर्फ पहिलो कदम हो,’ अधिकारीले भने, ‘यो प्रणालीको प्रयोगसँगै हामी खेलाडीको प्रशिक्षणको सम्पूर्ण विवरण प्राप्त गर्न सक्छौं । यसले चोटको रोकथामसँगै प्रदर्शनमा सुधार ल्याउन पनि सहयोग पुर्याउँछ ।’

कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले पनि नयाँ प्रणालीले खेलाडीको स्तरोन्नतिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘ हामीले विवेकको यो प्रयासलाई धन्यवाद दिनुपर्छ । यसले खेलाडी प्रशिक्षण दौरान के गरेको छ भन्ने थाहा हुन्छ,’ उनले भने ।
नेपाल भदौ १९ देखि सुरु हुने साफ च्याम्पियनसिपको तयारीमा व्यस्त छ । नेपाल रहेको समूह ‘ए’ मा आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानको सामना गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]