default_image

7 years ago

August 24, 2018

टुडिखेललाई फुटबल प्रशिक्षण मैदान बनाउने तयारी

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले टुडिखेललमा चार वटा फुटबल मैदान बनाउने प्रक्रिया अघि बढाएको छ । काठमाडौं महानगरपालिकाको स्वीकृति र नेपाली सेनाको सहयोगमा एन्फाले राजधानीका फुटबल क्लब र सबै वर्गलाई लक्षित गर्दै शुक्रबारदेखि चार मैदान बनाउने प्रक्रिया अघि बढाएको हो ।

जसमा दुई मैदान ११ साइड र दुई मैदान सेभेन ‘ए’ साइडको हुनेछ । शुक्रबारबाटै टुडिखेल मैदानको घास काट्ने काम शुरु भएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधार नजिकिदै गरेको ‘ए’ डिभिजन लिगलाई लक्षित गर्दै र फुटबल संस्कारको विकासको लागि टुडिखेलमा मैदान बनाउन लागिएको बताए ।

‘हामी फुटबल संस्कार विकास भएको हेर्न चहान्छौं । ‘ए’ डिभिजन लिग पनि नजिकिएको छ । मैदान नभएका क्लबले यही भेन्युलाई प्रशिक्षणको रुपमा प्रयोग गर्नेछ । घास काट्ने काम अब एक हप्प्तामा सकिनेछ । त्यसपछि एन्फाले गोलपोस्ट र मार्किङ गर्नेछ ’ महासचिव तुलाधरले भने, ‘क्लबहरुको ट्रेनिङको समयमा हामी यो मैदान बाहिर प्रयाग गर्न दिदैनौं । अरुबेला यो मैदान जसले पनि प्रयोग गर्न पाउनेछ । विशेष गरी यौ मैदानमा आफ्नै मैदान नभएको सिएमजी क्लब संकटा, मच्छिन्द्र क्लब, न्यरोड टिम एनआरटी र अन्नपूर्ण क्लब आरसिटीले प्रशिक्षणको लागि प्रयोग गर्नेछ ।’

महासचिव तुलाधरका अनुसार टुडिखेलमा बन्ने मैदान कुनै ठूला प्रतियोगिताहरुको लागि नभई प्रशिक्षणको लागि मात्रै प्रयोग हुनेछ ।

 

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.