default_image

7 years ago

August 25, 2018

फ्रान्सका विश्वकप विजेता कप्तान मापसे कारवाहीमा

125 views

0 Bookmark

लन्डन (एजेन्सी)- विश्वकप विजेता फ्रान्सेली राष्ट्रिय टोली तथा इंग्लिस क्लब टोटेनहम हट्स्परका कप्तान ह्युगोलोरिसलाई पश्चिम लन्डन पुलिसले मादक पदार्थ सेवन (मापसे) गर्दै गाडी चढेको आरोपमा कारवाही गर्ने भएको छ । ३१ वर्षीय गोलरक्षक लोरिसलाई शुक्रबारको शुरुवाती समयमा नै ग्लसेुस्टर प्यालेसमा नियमित गस्तीले रोकेको थियो ।

उनले गाडी चलाउने बेलामा परिक्षण गर्दा मादक पदार्थ सेवन गरेका भेटिए पछि पुलिसले कारवाही गरेको थियो । उनकै कप्तानीमा फ्रान्सले दोस्रो पटक विश्वकप जितेको थियो । रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै उनले फ्रान्सलाइै दोस्रो पटक विश्वकप उपाधि दिलाउन मद्दत गरेका थिए । सहरको पुलिस विभागका अनुसार लोरिसलाई जमानतमा रिह गरिएको छ ।

उनले अब ११ सेप्टेम्बरमा वेस्टमिस्टर मजिस्ट्रेट्स कोर्टमा उपस्थित हुनुपर्ने आदेश जारी भएको छ । लोरिस सन् २०१२ मा लियोनबाट स्पर्स भित्रिएका थिए । प्रिमियर लिग कलबमा उनले २५६ खेल खेलेका छन् । टोटेनहमले प्रिमियर लिगको सुरुआती दुई खेलमा जित हात पारेको छ । पहिलो खेलमा न्युकासलविरुद्ध २-१ को जित दर्ता गरेको टोटेनहमले दोस्रो खेलमा फुल्हामलाई ३–१  ले पराजित गरेको थियो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.