default_image

7 years ago

August 25, 2018

लिभरपुल किन्ने खालिदको प्रस्ताव क्लबद्धारा अस्वीकार

114 views

0 Bookmark

लन्डन (एजेन्सी)- इंग्लिस क्लब लिभरपुलको सेयर किन्ने अरबका शेख खालिदको सपना अधुरो भएको छ । म्यानचेस्टर सिटीका मालिक शेख मन्सुरका नातेदार खालिदले क्लबको सम्पूर्ण सेयर खरिदका लागि गरेको प्रस्ताव लिभरपुलले अस्विकार गरेसँगै खालिदको क्लब किन्ने सपना अधुरो रहेको हो ।

लिभरपुलका अनुसार क्लब बिक्रीका लागि कुनै पनि समूहसँग यस्तो चर्चा नभएको बताइएको छ । तर, खालिदले क्लबका लागि दुई बिलियन पाउण्डको प्रस्ताव गरेका थिए । २ बिलियन पाउण्डको खालिदको प्रस्ताव लिभरपुलका अध्यक्ष टोम वेरनेरले अस्विकार गरेको बीबीसीले जनाएको छ । एक रोपोर्टका अनुसार खालिदले सन् २०१७ को अन्त्य तथा सन् २०१८ को सुरुवातमा प्रिमियर लिग क्लबसँग सम्पर्क गरेको बताइएको छ । जसमा एक अर्का चाइनिज लगानीकर्ता  पनि रहेका थिए ।

लिभरपुलको सेयरको लागि छलफल गर्न इमिरेट्स ग्रुपका खालिद अमेरिका गएका थिए । तर, अमेरिकामा भएको छलफलमा खालिदले लिभरपुलका अध्यक्षलाई मनाउन सकेनन् । पछिल्लो समय इंग्लिस प्रिमियर लिगमा अरेबियन धनाड्यहरुको लगानी बढी रहेको छ । यस्तोमा खालिदले पनि लिभरपुलमा लगानी गर्न चाहेका थिए । यो प्रस्ताव लिभरपुलले स्वीकार भएको भए कुनैपनि क्लब किन्नको लागि ठुलो रकम खर्चेको किर्तिमान बन्ने थियो ।

सन् २००५ मा प्रिमियर लिग प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई माल्कोम ग्लाजरले ७९० मिलियन पाउण्डमा किन्दै सबैभन्दा ठुलो रकम खर्चने व्याक्ती बनेका थिए । विजनेस सर्भिसेज ग्रुप केपीएमजी अनुसार क्लबको बजार मूल्य वर्तमान अवस्थामा यस्तो छ ।

म्यानचेस्टर युनाइटेडः २.९३ बिलियन पाउण्ड

रियल मड्रिडः २.६३ बिलियन पाउण्ड

बार्सिलोनाः २.५ बिलियन पाउण्ड

बार्यन म्युनिखः २.३ बिलियन पाउण्ड

लिभरपुलः १.४२ बिलियन पाउण्ड

म्यानचेस्टर सिटीः १.९४ बिलियन पाउण्ड

आर्सनलः १.८९ बिलियन पाउण्ड

चेल्सीः १.५८ बिलियन पाउण्ड

टोटनह्यमाः १.१६ बिलियन पाउण्ड

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.