7 years ago
August 25, 2018
टुरीन (एजेन्सी)- क्रोएसिया तथा युभेन्ट्सका स्टार खेलाडी मारिओ मान्जुकीचले म्यानचेस्टर युनाइटेडको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । उनले युनाइटेडसँगको तलबको विषयमा कुरा नमिले पछि प्रस्ताव अस्वीकार गरेको तथ्य खुलेको हो ।

यसअघि युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले उनको तलब एक सिजनमा ३.५ मिलियन युरो देखी ५ मिलियन युरो सम्मको प्रस्ताव गरेका थिए । क्रोएसियाका फरवार्ड मान्जुकीचलाई क्रिस्टियानो रोनाल्डोको आगमनले कुनै प्रभाव नपर्ने बताएपछि उनी युभेन्ट्समै बस्ने बाहेक हुन् । यसअघि उनी युनाइटेड जाने हल्ला चलेको थियो ।
मोउरिन्होले मान्जुकीचको आगमनले टोली बलियो बन्ने र अन्य टोलीलाई चुनौती दिनसक्ने क्षमता भएको खेलाडी बताएका थिए । तर, अहिले अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार उनी ओल्ड ट्राफोर्ड जाने सम्भावना सकिएको छ । जनवरीमा पनि उनले क्लब छाड्ने सम्भावना न्यून छ । ३२ वर्षीय मान्जुकीचले अब टुरीनमै बस्ने बताएका छन् ।
मान्जुकीच सन् २०१५ मा एटलेटिको म्याड्रिडबाट युभेन्ट्स पुगेका हुन् । उनले युभेन्ट्सबाट सिरी–ए का तीन सिजनका ९२ खेलमा २२ गोल गरेका छन् । सन् २००७ मा क्रोएसियाको राष्ट्रिय टिममा डेब्यु गरेका उनले हालसम्म ८९ खेल खेल्दै ३४ गोल गरेका छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]