7 years ago
August 25, 2018
टुरिन(एजेन्सी)- पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनााल्डोले लामो समय देखि देश र क्लबका लागि प्रतिष्ठित जर्सी नम्बर ७ लगाउँदै आएका छन् । अझ भनौ वर्तमान अवस्थामा जर्सी नम्बर ७ रोनाल्डोकै कारण प्रख्यात भएको छ । रोनाल्डोलाई अर्को नाम सिआरसेभेनले पनि बोलाउने बानि बसिसकेको छ ।

म्यानचेस्टर युनाइटेड देखि लगाउँदै आएका जर्सी नम्बर उनले रियल मड्रिड हुँदै हाल युभेन्ट्समा पनि जर्सि नम्बर ७ नै लगाएका छन् । उनले आफ्नो नाम र जर्सि नम्बरलाई एक अन्तर्राष्ट्रिय ब्रान्ड बनाइदिएका छन् । उनी युनाइटेड पुग्दा उनको मनपर्ने जर्सि नम्बर उनीसँग थिएन् । उनले स्पोर्टिङमा जर्सि नम्बर २८ लगाएका थिए । तर, जब उनी २००४ मा रेड डेभिल्स पुगे तब तत्कालीन प्रबन्धक सर एलेक्स फर्गुसनले उनलाई जर्सी नम्बर ७ दिएका थिए । फर्गुसनलाई रोनाल्डो प्रति पूर्णविश्वास भएकाले जर्सि नम्बर ७ दिएको बताएका छन् । जुन रोनाल्डोले साबित गर्दै आएका छन् ।
रोनाल्डोले ओल्ड ट्राफेर्डमा आफ्नो मनपर्ने २८ नम्बर जर्सि लगाउने बताएका थिए । तर, फर्गुसनले युनाइटेडको प्रख्या ७ नम्बर जर्सी दिने निर्णय गरे जुन फुटबलका महान हस्तीले लगाएका थिए । जर्सी नम्बर ७ युनाइटेडको इतिहासमा महान हस्ती डेभिड बेकहम, जर्ज बेस्ट र एरिक क्यान्टोना जस्ता खेलाडीले लगाएका थिए । त्यही जर्सि लयाएर रोनाल्डोले प्रिमियर लिगमा विपक्षी रक्षालाई तोड्दै उत्कृष्ट प्रदर्शन गरे । इंग्ल्याण्डमा रहँदा उनले एक सिजनमा ४२ गोल गर्दै २००८ मा बेलोन डिओर पनि जिते ।

युनाइटेडसँगको छ बर्षे यात्रा टुङ्ग्याउँदै उनी २००९ मा रियल मड्रिड गएका थिए । तर, उनले शुरुमा रियलमा जर्सी नम्बर ९ लगाएका थिए । त्यतीबेला रियलका कप्तान राउलले ७ नम्बर लगाएका थिए । उनी युभेन्ट्समा पुग्दा नम्बर ७ युभेन्ट्सका विंगर जुआन कुआड्राडोले लगाएका थिए । तर रोनाल्डोलाई सम्मान गर्दै उनले १६ नम्बर लगाउने निर्णय गरे ।
रोनाल्डो अहिले देशका लागि समेत जर्सि नम्बर ७ लगाउने गर्छन् । राष्ट्रिय टोलीबाट सुरुमा खेल्दा सिनियर खेलाडी लुइस फिगोले ७ नम्बर लगाएका कारण रोनाल्डो पहिले १७ नम्बर जर्सि लगाउने गर्दथे ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]