7 years ago
August 25, 2018
म्युनिख (एजेन्सी) – साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा विजयी शुरुवात गरेको छ । शुक्रबार रातिबाट शुरु भएको जर्मन लिगमा बायर्नले टिएसजी होफेनहेनलाई ३–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
म्युनिखको सहज जितमा थोमस मुलर, रोवर्ट लेवान्डोस्की र आर्जेन रोवनेले गोल गरे । पराजित टिमका लागि आदम जलाईले गोल गरे ।
घरेलु मैदान एलिनाज एरिनामा भएको खेलमा बायर्नले २३ औं मिनेटमा थोमस मुलरको गोलबाट अग्रता लिएको थियो । जोसुवा किम्मिचले पोस्ट नजिकैबाट क्रस गरेको बललाई मुलरले हेडमार्फत गोल गरेका थिए ।
पहिलो हाफमा १–० ले अघि रहेको बायर्नले ५७ औं मिनेटमा गोल खान पुगेको थियो । होफेनहेनका लागि आदमले गोल गरेका थिए । तर, त्यसपछि बायर्न आक्रमक बन्दै दुई गोल गर्न सफल भयो । बायर्नले ७८ औं मिनेटमा पेनाल्टी पाएको थियो । लेवान्डोस्कीले पहिलो प्रयासमा गोल गर्न असफल हुदा रेफ्रीले भिएआरकै सहायतामा पुनः बायर्नलाई पेनाल्टीको अर्काे मौका दिएको थियो । जसमा लेवान्डोस्की चुकेन ।
८६औं मिनेटमा बायर्नका लियोन गोरेट्काले गोल गरेपनि पुन भिएआरकै सहायतामा उनको गोलले मान्यता पाएन । तर, ९०औं मिनेटमा आर्जेन रोवेनले गोल गर्दै टिमलाई ३–१ को सहज जित दिलाए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]