7 years ago
August 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमिति चयनको भएको सय दिन पुरा भइसकेको छ । सय दिनको आसपासमा एन्फाले विशेष साधारण सभा गदै प्रादेशिक संरचनामा जाने निर्णय गर्नुअघि सहिद स्मारक ए डिभिजिन लिग आयोजना गर्ने घोषणा गर्यो । हेर्दा दुई ठूला विषय सहजै निर्णय भए । तर, पाँच वर्ष पछि गर्ने भनिएको लिगले जुन उत्साह ल्याउनु पर्ने त्यो उत्साह जगाउन भने सके जस्तो देखिन्न ।
क्लबहरुको सहमति एन्फाले पहिलो पटक विना रेलिगेसनको लिग गर्ने निर्णय गर्यो । निर्णय प्रक्रियामा फिफा, एएफसी, एन्फा र क्लब त सहमत भए । तर, त्यसले सायद फुटबल समर्थकमा सकारात्मक सन्देश जान सकेको छैन । फुटबल मौहोललाई पुन स्थापित गराउनका लागि लिगले माहौल बनाउने एन्फाको बुझाइ छ । अर्को तिर साधारण सभाबाट विधान संसोधन नगर्नु भन्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनलाई पनि एन्फाले अटेर गरेको थियो । राखेपको ऐन बन्ने क्रममा रहेकोले अहिले विधान संसोधन नगर्नु भन्ने राखेपको आशय थियो ।
तर, एन्फाका प्रवक्ता किरण रार्ई भने तीन दुवै विषयमा विवाद भएको मान्न तयार छैनन् । अहिलेको अवस्थामा लिग जसरी पनि सुरु गर्नुपर्ने बाध्यात्मक परिस्थिति बनेको र रेलिगेसन सहितको गर्ने अवस्था नरहेकोले एक पटकका लागि यो निर्णय गरिएको बताउँछन् । साधारण सभाका विषयमा पनि पछि बन्ने राखेपको ऐनसँग एन्फा विधानको कुनै दफा बाझिने भएमा स्वत खारेज हुने निर्णय भएकोले त्यसमा राखेपको भावनाको सम्बोधन भएको बताउँछन् ।
उनले विशेष साधारण सभाले विधान संसोधन गरेपछि फुटबलमा सेन्टि गेटको अन्त्य भएको प्रवक्ता राईले दाबी गरेका छन् । एक्सन स्पोर्टसको फेयर प्लेलाई दिएको अन्तवार्तामा उनले भने, ‘फुटबलमा आउन चाहने जो कोहिलाई पनि संसोधित विधानले खुल्ला गरेको छ । जिल्लाको क्लबलाई जिल्ला देखि प्रदेश हुँदै राष्ट्रिय लिग सम्म खेल्ने अवसर अहिलेको विधानबाट भएको उल्लेख गर्दै उनले भने, ‘त्यति मात्र होइन स्थानिय स्तरमा पनि हामीले नगरपालिकाहरुसँगको सहकार्यमा अलग्गै प्रतियोगिता गराउने वातावरण तयार गरेका छौं ।’
एन्फाका हाल सदस्य रहेको ४५ जिल्लामा जिल्ला जिल्ला लिग त्यसपछि प्रदेश लिगबाट छनोट हँदै ४ क्लबले राष्ट्रिय लिग खेल्न पाउने अवसरको ग्यारेन्टी गरेको जनाउँदै उनले भने, ए डिभिजनबाट शीर्ष ६ मा रहेका टोली र प्रदेशका शीर्ष ४ बीचको राष्ट्रिय लिग आयोजना हुन्छ । त्यसले जिल्लाका क्लबले पनि प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ ।
कार्यसमितिको चयनको छोटो समयमै पदाधिकारीबीच विवाद देखिएको भन्ने विषयमा राईले भने, ‘व्यक्तिका आ आफ्नै महत्वकांक्षाले केहि विवाद देखिनु स्वभाविक हो । तर, हामी सबैको उद्देश्य भनेको फुटबल विकास र चार वर्ष फुटबलमा दिन्छौं भनेर आएका हौं । समय बिताउन फुटबलमा आएका होइनौं । काम जसले गर्छ उसले अवसर पाउछ ।’ राईले आउने चार वर्षमा नेपाली फुटबलले निकै अघि बढ्ने विश्वास गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नतिजा ल्याउने विषयलार्ई पनि एन्फाले प्राथमिकतामा राखेको बताए ।
एन्फा प्रवक्ता राईको अन्र्तवार्ता एक्सन स्पोर्टसको फेयर प्ले मा शनिबार राती ८ः०० बजे प्रसारण हुँदैछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]