7 years ago
August 26, 2018
पेरिस (एजेन्सी) –पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लगातार तेस्रो जित निकालेको छ । पीएसजीले घरेलु मैदानमा एन्जर्समाथि ३–१ को सहज जित निकालेको हो ।

पीएसजीको जितमा स्टार खेलाडीत्रय केलियन एमबाप्पे, नेयमार जुनियर र एडिन्सन काभानीले गोल गरे । विपक्षी टोली एन्जर्सका माङ्गानीले एक गोल गरे । पीएसजीले १२ औं मिनेटमा काभानीको गोलबाट खेलमा अग्रता बनाएको थियो । तर २१औं मिनेटमा एन्जर्सले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । यसै ट्रान्सफर विन्डोमा क्लब भित्रिएका डिफेन्डर थियो केररले थोमस माङ्गानीलाई लडाएपछि प्राप्त पेनाल्टीमा आफैं चुकेनन् ।
पहिलो हाफ बराबरीमा सकिएपछि पीएसजी दोस्रो हाफमा थप आक्रामक देखिएको थियो । ५२औं मिनेटमा केलियन एमबाप्पेले एन्जल डि मारियाको पासमा गोल गरेपछि पीएसजी खेलमा २–१ ले अघि बढ्यो । ६६औं मिनेटमा नेयमार एमबाप्पेको पासमा गोल गर्दै पीएसजीलाई ३–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी ३–१ ले विजयी हुन सफल भयो ।
लगातार तेस्रो जितसँगै साविकको विजेता पिएसजी ९ अंकसहित लिगको शीर्ष स्थानमा यथावत रहेको छ । गत सिजन लिग जितेको पिएसजीलाई यस सिजन मोनाको र लियोनले उपाधिका लागि चुनौती दिने अपेक्षा गरिएको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]