default_image

7 years ago

September 1, 2018

फरक क्लबमा खेले ब्यालोन डी’ओरे जित्ने सम्भावना भएका ५ खेलाडी

100 views

0 Bookmark

पछिल्लो एक दशक क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले ब्यालोन डी’ओर उपाधिमा वर्चस्व कायम गरेका छन् । यी दुई खेलाडीबाहेक वर्तमान समयमा प्रतिभावान खेलाडी पनि थुप्रै छन् । केहि खेलाडी यस्ता छन् जसले फरक क्लबमा खेलेको अवस्थामा आफ्नो प्रदर्शन सुधार गर्न सक्छन् र उक्त व्यक्तिगत उपाधिमा अझै बलियो दावेदारी प्रस्तुत गर्ने क्षमता राख्छन् ।

यदि फरक क्लबका लागि खेल्ने हो भने यी ५ खेलाडीले यो अवार्ड आफ्नो नाम गर्न सक्छन् :

५) ह्यारी केन (टोटनहम हट्सपर) :

इंग्ल्याण्डका कप्तान ह्यारी केन विश्वकै उत्कृष्ट गोलकर्ता खेलाडी मध्येका एक हुन् । पछिल्लो कहि वर्षमा दुईपटक गोल्डेन बुट हात पारेका केनले प्रिमियर लिगमा पृथक परिचय बनाएका छन् । रुस विश्वकपमा समेत उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बुट जितेका केनले टोटनहमका लागि पछिल्ला १ सय ८९ खेलमा १ सय ३६ गोल गरेका छन् । तर व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरेपनि आफ्नो टोलीले उपाधि जित्न विफल रहँदा केन ब्यलोन डी’ओरको उपाधि हात पार्न बाट बन्चित भएका छन् ।

४) एन्टोइन ग्रिजमन (एटलेटिको म्याड्रिड ) :

एटलेटिको म्याड्रिडका फरवार्ड ग्रिजमन अहिलेको समयका उत्कृष्ट मध्येका एक फरवार्ड हुन् । आफ्नो टोलीका लागि उनले २ सय ९ खेलमा १ सय १२ गोल गरेका छन् । उनले आफ्नो टोलीका लागि केहि उपाधि जिताएपनि ला-लिगामा रियल म्याड्रिड र बार्सिलोनाको दबाबका कारण उनी ब्यालोन डी’ओर जित्नबाट अझै बन्चित छन् । सन् २०१६ को उत्कृष्ट पुरष खेलाडीको विधामा उनी रोनाल्डो र मेस्सीपछि तेस्रो स्थानमा थिए ।

३) पल पोग्बा (म्यानचेस्टर युनाईटेड ) :

यो सुचिमा रहेका अर्का एक विश्वकप विजेता खेलाडी हुन् पल पोग्बा । गत सिजन आफ्नो क्षमता अनुसार प्रिमियर लिगमा प्रदर्शन नगरेपनि रुसमा सम्पन्न विश्वकपमा उनको प्रदर्शन धेरै राम्रो रहेको थियो । २५ वर्षीय फ्रान्सेली मिडफिल्डरले ११ गोल र १४ एस्सिटलाई पछिल्ला २ सिजनमा आफ्नो नाम गरेका छन् । उनको उपस्थितिले कुनैपनि टोली थप बलियो बन्न सक्छ । यस सिजन बार्सिलोना जाने उनको खबर सही प्रमाणित भएमा भने ब्यालोन डी’ओरको अवार्ड जित्ने उनको आशा समेत पुरा हुन सक्छ ।

२) नेयमार (पेरिस सेन्ट जर्मेन) :

सन् २०१७ को अवार्डमा नेयमार रोनाल्डो र मेसीपछि तेस्रो स्थानमा रहेका थिए । उनी उत्कृष्ट भएपनि रोनाल्डो र मेसीको तहभने चुम्न सकेनन् । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन पुगेका उनको यस बर्ष ब्यालोन डी’ओर जित्ने आशा असम्भव सावित भैसकेको छ । तर यदि वर्तमान फुटबलमा यदि मेसी र रोनाल्डोपछि कसैको नाम आउँछ भने त्यो नेयमारकै हुन्छ ।

१) इडेन हजार्ड (चेल्सी) :

रुसमा सम्पन्न विश्वकप फुटबलमा आफ्नो टोली बेल्जियमलाई तेस्रो स्थान दिलाउन हजार्डको भूमिका महत्त्वपूर्ण थियो । प्रतियोगितामा सफल बनेका उनले ३ गोल गर्दा २ एसिस्ट समेत कमाएका थिए । प्रिमियर लिगको अन्तिम २ सिजनमा उनले २८ गोल गर्दा ९ असिस्ट गरेका छन् । सन् २०१५ मा ब्यालोन डी’ओरको रेसमा आठौँ स्थानमा आउन बाहेक उनले खास उपलब्धि हासिल गरेका छैनन् । चेल्सीका यी खेलाडी यस समय उत्कृष्ट लयमा रहेका छन् । तर चेल्सीमा रहेर नै यो अवार्ड जित्नु हजार्डलाई असम्भवप्राय हुन सक्छ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.