default_image

7 years ago

August 26, 2018

रोनाल्डोको गोलका लागि धैर्यता राख्न एलेग्रीको आग्रह

141 views

0 Bookmark

टुरिन (एजेन्सी)– रियल म्याड्रिडबाट यहि सिजन युभेन्ट्स पुगेका स्टार क्रिस्टियानो रोनाल्डो नयाँ क्लबमा लगातार दुई खेलमा गोल गर्न असफल भएका छन् । युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलिग्रीले रोनाल्डो बचाउ गर्ने क्रममा समर्थकलाई धर्यता राख्न अनुरोध गरेका छन् ।

मिरालिम प्यानिच र मारियो मान्जुकिचको गोलमा इटालियन लिगको साविक विजेता युभेन्ट्सले शनिबार लाजियोलाई २–० ले हराएको थियो । त्यो खेल रोनाल्डोका लागि घरेलु मैदानमा डेब्यूका रुपमा रहेको थियो । लिगका दुवै खेलमा रोनाल्डो गोल गर्न असफल भएपनि टोली भने शत प्रतिशत नतिजा निकाल्न सफल भएको थियो । पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डोलाई टोलीमा कसरी घुलमिल गराउने भन्नेमा प्रयासरत छन् ।

‘भर्खर सुरुवात भएको छ । रोनाल्डोको घरेलु मैदानमा भएको डेब्यूलाई लिएर समर्थक निकै उत्साहित थिए । तर, हामीले अझै केहि धर्यता देखाउन आवश्यक छ,’ एलिग्रीले भने, म यस कारण खुसी छु की हामीले महत्वपूर्ण खेल हरु जितेका छौं ।’ लाजियोसँग खेल्न सहज नहुने उल्लेख गर्दै एलग्रीले थपे,’ उनीहरु काउन्टर अट्याकमा राम्रो थिए । तर , हाम्रा दुई सेन्टर ब्याकले राम्रो प्रदर्शन गरे । रोनाल्डोलाई कसरी तालमेल मिलाउने भन्नेमा हामी प्रयासरत छौं ।’

लाजियोका प्रशिक्षक सिमोने इन्जाघीको टोलीले सिजनका सुरुवाती दुई खेल नै गुमाएको छ । पहिलो खेलमा टोली नेपोलीसँग पराजित भएको थियो । ‘हामीले भविष्यमा राम्रो गर्नुपर्ने आवश्यकता छ । अहिलेका कमजोरीलाई विश्लेषण गर्नुपर्ने हुन्छ,’ इन्जाघीले भने, ‘हामीले युभेन्ट्ससँग पनि राम्रो खेल्यौं । तर, हामीले अझै राम्रो खेल्न जरुरी छ । अन्यथा नतिजा निकाल्न कठिन हुनेछ ।’ इन्जाघीले गत सिजन ९० भन्दा बढी अंक बटुल्ने दुई टोलीसँग यो सिजनमा पराजित भएको प्रसंग उल्लेख गर्दे भने, ‘हामीले पछिल्ला दुई खेलमा गरेको प्रदर्शनमात्र आउने दिनका लागि पर्याप्त हुने छैन ।’

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.