7 years ago
August 27, 2018
म्याड्रिड (एजेन्सी)- रियल म्याड्रिड क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रिदा ग्यारेथ बेललाई कुनै दबाब नहुने रियलका म्यानेजर जुलेन लोपेटेगुइले बताएका छन् ।

रोनाल्डोको गोल प्रतिस्थापन गर्न सक्छौ तर बेललाई कुनै प्रकारको दबाब पर्ने छैन् । लोपेटेगुइले भने, ‘रोनाल्डोको प्रतिस्थापनका लागि वेल्स फरवार्डमाथी जिम्मेवारी छैन ।’ क्लबको सर्वकालीन महान गोलकर्ता रोनाल्डो यसै सिजन युभेन्ट्स पुगेका थिए । उनकै प्रदर्शनमा रियलले आफ्नो पछिल्लो पाँच सालमा चार च्याम्पियनस लिग जितेको थियो । रियलले नेयमार, इडेन हाजार्ड र एमबाप्पे जस्ता स्टार खेलाडी भित्र्याउने प्रयास गरे पनि अहिले सम्म सफल भएको छैन ।
मेमा भएकमो युरोपियन फाइनलमा विजयी गोल गरेका बेललाई रोनाल्डोको स्थानका लागि नजरमा राखिएको छ । लोपेटेगुइले गोलको बोझलाई बेलमा नथुपारी रक्षात्मक रुपमा टोलीलाई अझ बलियो बनाउने तयारी गरेका छन् । लोपेटेगुइले भने, ‘यो बिषयमा हामी चिन्ता गर्दैनौ । बरु हामी त्यो लक्ष्य भेट्टाउन के गर्ने सक्छौ । ताकी खालाडीलाई पनि सुधार गर्न सक्छौ । हामी यो चाँहदैनौ की जो गोल गर्ने जिम्मा विशेष रुपमा कसैको होस् ।’

उनले थपे, ‘यसो गर्न केवल दुई तरीका छन् । गोल गर्ने क्षमता धेरै खेलाडीमा फैलाउने वा कम गोल खाने लक्ष्यलाई जोड दिने । हामी त्यो टिम बन्ने कोसिस गर्नेछौ जो भविष्यमा बन्न चाहन्छौ ।’
‘यो टिमलाई सुधार गर्न मेरो शतप्रतिशत ध्यान केन्द्रित भएको छ । ला लिगा शुरु भएको छ र हरेक खेल उत्तिकै महत्त्वपूर्ण छ । अब तीन अंक कसरी जोड्ने भन्नेमा जोड दिन्छौ ।’ उनले थपे, ‘म जे गर्दै छु उनीहरुसँग गर्दै छु जो यहाँ छन् र म उनीहरुसँग खुसी छु ।’
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]