default_image

7 years ago

August 27, 2018

लिभरपुल गोलकिपर कारियस लोनमा बेसिक्टास पुगे

105 views

0 Bookmark

लिभरपुल (एजेन्सी)- लिभरपुलबाट व्यवसायिक फुटबल खेल्दै आएका जर्मन गोलकिपर लोरिस करिउस लोनमा टर्किस क्लब बेसिक्टास पुगेका छन् । उनी दुई बर्षका लागि लोनमा बेसिक्टास पुगेका हुन् ।

मेमा भएको रियल मड्रिडसँगको च्याम्पियन्स लिगको फाइनलमा दुई गल्ति गरेपछि जारी सिजन उनले लिभरपुलका लागि एक पनि प्रतिस्पर्धी खेल खेलका छैनन् । २५ बर्षीय जर्मन गोलकिपर लोरिसले सन् २०१६ मा लिभरपुलमा अनुबन्धित भएपछि लिभरपुलका लागि ४९ खेल खेलेका छन् । उनका लागि बेसिक्टास राम्रो भएको र उनी तयार भएको लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले बताए ।

पछिल्लो सिजन टर्कीमा खेलाडी अनुबन्ध गर्ने टिम मध्येमा बेसिक्टास पहिलो स्थानमा छ । बेसिक्टास युरोप लिगको छनोट चरणमा पनि प्रतिस्पर्धा गर्दै छ । क्लोपले भने, ‘ बेसिक्टास एक अनुभवी टिम हो र लिग जित्ने दाउमा छ । अब बेसिक्टाससँग रोम्रो गोलकिपर छन् ।’ च्याम्पियन्स लिगमा रियलसँग फाइनलमा ३–१ ले पराजित भए पछि लोरिसले माफी मागेका थिए । उनले त्यसअघि जर्मन बुन्डेसलिगामा प्रभावशाली प्रदर्शन गर्दै लिभरपुलको बाटो बुनेका थिए ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.