7 years ago
August 26, 2018
वाटफोर्ड (एजेन्सी)– वाटफोर्डले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । शत प्रतिशत नतिजालाई निरन्तरता दिने क्रममा वाटफोर्डले क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ । वाटफोर्डको जितका लागि रोबर्टो पेरेयरा र जोसे होलेबसले गोल गरे । प्यालेसका लागि विलफ्राइड जाहाले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि ५३ औं मिनेटमा पेरेयराको गोलबाट वार्टफोर्डले अग्रता लिएको थियो । उनले एटिन्नेकापोएको पासमा गोल गरेका थिए । त्यसपछि ७१ औं मिनेटमा होलेबसले गोल गर्दै अन्तरलाई दोब्बर पारे ।
७९ औं मिनेटमा प्यालेसका जाहाले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । यो वाटफोर्डको लगातार तेस्रो जित हो । यसअघि ब्राइटनलाई २–० र बर्लिनलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । लिभरपुलको पनि ३ खेलमा ९ अंक छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]