default_image

7 years ago

August 26, 2018

‘नेयमार र एमबाप्पेमा कुनै मनमुटाव छैन’

97 views

0 Bookmark

पेरिस (एजेन्सी) – विश्व फुटबलको स्टार खेलाडीद्द्वय ब्राजिलीयान फरवार्ड नेयमार र फ्रेन्च केलियन एमबाप्पेबीच कुनै मनमुटाव नरहेको डिफेन्डर थोमस म्युनियरले बताएका छन् । पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार खेलाडी नेयमार र एमबाप्पेबीच पछिल्लो समय आन्तरिक मनमुटाव रहेको खबर बाहिर आएको सरासर झुट रहेको पीएसजीकै म्युनियरले बताएका हुन् ।

‘नेयमार र एमबाप्पेमा कुनै प्रतिद्वन्द्वीता छैन । उनीहरुले टिमबाट उत्कृष्ट लयमा खेलिरहेका छन् । गोलका लागि एक अर्कालाई सहयोग गरेका छन् । उदहारणको रुपमा एन्जर्समाथिको ३–१ को सहज जितलाई लिन सकिन्छ ।’ बेल्जियमका म्युनियरले भने, ‘दुवै खेलाडी आ–आफ्नो ठाउँमा उत्कृष्ट छन् । उनीहरुले एकले अर्कालाई आदर गर्ने गर्छन । फ्रान्स विश्वविजेता बनिसकेपछि टिनेज एमबाप्पे स्टार बनिसकेका कारण यो चुनौती नेयमारले सामना गर्न सक्छ कि सक्दैन भन्ने उनीहरु दुईबीचको अन्तरको कुरा मिडियाले ल्याएको हो ।’

‘प्रतिद्वन्द्वी ?’ यो त केवल पत्रिका बेच्न रचिएको हो । ‘उनीहरु दुवै उत्कृष्ट खेलाडी हुन् । उनीहरुमा अन्य खेलाडीमा भन्दा अलि बढी क्षमता छ । हाम्रो क्लबमा उनीहरु जस्ता धेरै स्टार खेलाडी छन् । हामीले आनन्दित महसुस गरिहेका छौं । नेयमारबहाना केलियन केही फरक छन् । उनी केहि शान्त स्वोभावका छन् ।’

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.