7 years ago
August 27, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोना र रियल भालाडोलिडबीच शनिबार भएको रियल भालाडोलिडको खेल मैदान ला लिगाले चेकजाँच गर्ने भएको छ । रियल भालाडोलिड घरेलु मैदानमा बार्सासँग १-० ले पराजित भएको थियो ।

खेल मैदान मंगलबार अनावरण भएसँगै शनिबार खेल गराइएको थियो । ‘यस्तो क्षेत्र थियो जो समुद्री तट जस्तै लाग्ने थियो ।’ बार्सिलोनाका मिडफिल्डर सर्जिओ बुस्केटले भने, ‘यो अविश्वसनीय छ की ला लिगाका प्रतिनिधि केहि पनि महसुस गर्दैनन् । तर उनीहरुले आएर घाँसको जाँच गर्नु पर्ने छ । त्यो घाँस माथी खेल्न सक्ने अवस्था थिएन ।’
बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले यो आफ्नो अपमान भएको बताएका छन् । जेरार्डले भने, ‘मलाई आशा छ कि अब यस्तो मैदानमा खेल्नु पर्दैन । किनकी त्यो पत्यार लाग्न नसक्ने अवस्थाको थियो ।’ ला लिगाले एक विज्ञप्ति जारी गर्दै मैदान जाँच गरिरहेका बताएको छ । ‘प्रतियोगितामा तोकिएअनुसार न्युनतम शर्त पुरा गरिनु पर्छ ,’ ला लिगा जाँच कमिटिले जनाएको छ ।
पछिल्लो वर्ष प्ले–अफबाट छनोट हुदै २०१३–१४ को सिजन पछि पहिलो पटक ला लिगामा रियल भालाडोलिड खेल्दै छ । रियल भालाडोलिडका म्यानेजर सर्जिओ गोन्जालेजले भने, ‘क्लबले पिच तयार गर्न सबैथोक गर्न सक्थ्यो । तर, हामी लिगमा पुनरागमन गर्ने मध्यमा एक थियौ र पिच तयार गर्न समस्या थियो ।’
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]