default_image

7 years ago

August 27, 2018

बेरोजगार रहेका ५ उत्कृष्ट प्रशिक्षक

134 views

0 Bookmark

एजेन्सी – हरेक वर्ष बेरोजगार प्रशिक्षकहरुको धेरै चर्चा हुने गर्दछ किनकि युरोपमा हरेक समय कुनै न कुनै क्लबका म्यानेजरको भविष्य अन्योलमा हुन्छ। पछिल्लो सिजनका कार्लो एन्केलोट्टी, थोमस टुचेल र लुईस एन्रिके लगायतका प्रशिक्षक बेरोजगार थिए। तर यस सिजन तीनै प्रशिक्षक कुनै न कुनै टोलीसँग आबद्द भइसकेका छन् ।

वर्तमान समयमा समेत केहि त्यस्ता प्रशिक्षक छन् जो बेरोजगार छन्। उनीहरु मध्येका शीर्ष ५ प्रशिक्षक यसप्रकार रहेका छन्  :

५) लरेन्ट ब्लांक :

पछिल्लो २ बर्ष यता बेरोजगार रहेका ब्लांकले आश्चर्यजनक तरिकाले हालसम्म कुनै जिम्मेवारी लिएका छैनन् । उनले आफ्नो प्रशिक्षण करियर फ्रान्सेली क्लब बोर्डोबाट सुरु गरेका थिए जहाँ उनले टोलीलाई सन् २००९ मा फ्रान्सेली लिगको उपाधि जिताएका थिए। सन् २०१० मा उनले आफ्नो पहिलो क्लब छाडेर फ्रान्सको राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाले । फ्रान्सको राष्ट्रिय टोलीपछि उनले फ्रान्सेली लिगको पेरिस सेन्ट जर्मनको जिम्मा सम्हालेका थिए । पेरिसको प्रशिक्षक बनेसँगै उनले टोलीलाई ३ सिजनमा १२ मध्येको ११ घरेलु प्रतियोगिता जिताएका थिए । उनको प्रेरणामा टोलीले ७२.८३ प्रतिशत औसतको दरमा जित प्राप्त गरेको थियो । हालसम्म पनि अन्य म्यानेजरले पेरिस सेन्ट जर्मनलाई उक्त औसतमा सफलता दिलाउन सकेका छैनन्।

४) राल्फ हसेनहुट्त्ल :

यो लिस्टमा भएका म्यानेजरहरु मध्ये राल्फ नामले चर्चित प्रशिक्षक हैनन् । तर यदि मौका दिएको खण्डमा उनीसँग युरोपमा धेरैलाई अचम्मित पार्न सक्ने क्षमता रहेको छ । एफसी इन्गोलस्टडको म्यानेजर भएसँगै उनको नाम प्रकाशमा आएको थियो । उनको प्रशिक्षणमा टोलीले पहिलो पटक दोस्रो डिभिजन च्याम्पियन बन्दै बुन्डेसलिगामा स्थान बनाएको थियो । सन् २०१५/१६ को सिजनपछि उनले पुरानो टोलि छाडेर डेब्यु गरिरहेको टोली लाइप्जिगको जिम्मा लिएका थिए । सन् २०१७/१८ यता भने उनी कुनै क्लबसँग सझौता गरेका छैनन् ।

३) एन्टोनियो कोन्टे :

चेल्सीले सिजनको सुरुआतमा कोन्टेलाई हटाउँदै माउरिजियो सार्रीलाई नयाँ म्यानेजरको रुपमा लिएको थियो । तर चेल्सीमा कोन्टेले मात्र २ सिजनमा आफ्नो छाप छाडीसकेका छन् । सन् २०१६ को युरोमा इटलीलाई क्वार्टरफाइनलसम्म पुर्याएपछि उनी चेल्सीमा आएका थिए । चेल्सी उनको प्रशिक्षणको पहिलो सिजनमा नै ९३ अंक सहित लिग जित्न सफल भएको थियो । चेल्सी सोहि सिजन एफए कपको फाइनलसम्म पुगेको थियो । कोन्टेको दोस्रो सिजनमा चेल्सीले लिगको पाँचौ स्थानमात्र हासिल गरेपनि एफए कपको उपाधि जित्न भने सफल रह्यो । चेल्सीमा आउनु अघि उनी युभेन्ट्समा थिए ।

२) आर्सेन वेन्गर :

आर्सेनलको प्रशिक्षकका रुपमा २२ वर्ष काम गरेका वेन्गरलाई सन् २०१७/१८ को अन्त्यबाट भने आर्सेनलले बिदा गर्यो । उनले आर्सेनललाई १२३५ खेलमा सम्हाल्दै ७०७ जित दिलाए । उनको २२ वर्षे आर्सेनल बसाईमा उनले टोलीलाई १७ उपाधि जिताउन सफल रहे । उनको प्रशिक्षणमा आर्सनलले ऐतिहासिक ७ पटक एफए कपको उपाधी उचालेको छ । सन् २००३/०४ को प्रिमियर लिगमा वेन्गरको प्रेरणामा आर्सनलले अपराजित यात्रा तय गर्दै लिग उपाधि जितेको थियो । हालभने उनी फुटबल प्रशिक्षणबाट विश्राममा रहेका छन् ।

१) जिनेदिन जिदाने :

Zidane

कुनै संकोच बिनानै जिदाने कुनैपनि टोलीको पहिलो रोजाइका प्रशिक्षक बन्न सक्छन् । सन् २०१५ / १६ को सिजनको बीचबाट रियल म्याड्रिडको मोर्चा सम्हालेका उनले रियललाई च्याम्पियन्स लिग जिताउन सफल भए । उनको दोस्रो सिजनमा रियलले पुन: च्याम्पियन्स लिग जित्दै उपाधि रक्षा गर्ने पहिलो टोली बन्यो । साँढे दुई वर्षको म्याड्रिड बसाईमा उनले रियललाई ९ उपाधि जिताउन भ्याए । १४९ खेलमा रियललाई सम्हालेका उनले १०४ खेल जिताउँदा मात्र १६ खेलमा मात्र रियलले पराजय भोगेको थियो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.