7 years ago
August 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली राष्ट्रबीच फुटबलमा हुने सबैभन्दा प्रतिष्ठित साफ च्याम्पियनसिप बंगलादेशमा सुरु हुन अब ५ दिन मात्रै बाँकी छ । अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालले यसपटक फाइनल पुग्ने लक्ष्य बनाएको छ ।
नेपाल टोलीले इन्डोनेसियामा जारी एसियाली खेलकुद र साफ च्याम्पियनसिपको लागि तीन महिना अघिबाटै प्रशिक्षण सुरु गरेको थियो । यू २३ टोली एसियाडमा तीन खेल गुमाएर फर्केयता प्रशिक्षण गरिरहेको छ । मुख्य प्रशिक्षक जापानिज ग्योतोकु कोजी भिसा समस्याका कारण नेपाल आउन नपाएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि प्रशिक्षक रहेका बालगोपाल महर्जनलाई कार्यवहाक मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनलाई प्रशिक्षणमा किरण श्रेष्ठ र नवीन महर्जनले सहायकको रुपमा साथ दिइरहेका छन् ।
सन् १९९३ मा सार्क गोल्डकपका नामले शुरु भएको यो प्रतियोगिता १९९७ मा नेपालमा आयोजना भएपछि साफ च्याम्पियनसिप बन्न पुगेको थियो । त्यसयता यो प्रतियोगिता सार्क कोकाकोला गोल्डकप हुदै साफ सुजुकी कपको नामले पनि चिनिन्छ ।
पहिलो सार्क गोल्डकपमा नेपालको प्रर्दशन
सन् १९९३ मा सार्क गोल्डकपका नामले शुरु भएको यो प्रतियोगिता १९९७ मा नेपालमा आयोजना भएपछि साफ च्याम्पियनसिप बन्न पुगेको थियो । त्यसयता यो प्रतियोगिता सार्क कोकाकोला गोल्डकप हुदै साफ सुजुकी कपको नामले पनि चिनिन्छ । दोस्रो संस्करणको दक्षिण एसियाली स्तरको सार्क गोल्डकप श्रीलंकाको राजधानी कोलोम्वोमा भएको थियो ।
दुई वर्षअघिबाट शुरु भएको सार्क गोल्डकपको दोस्रो संस्करण घरेलु टोली श्रीलंकाले आफ्नै भुमिमा राख्न सफल भएको थियो । पाँच राष्ट्रले सहभागिता जनाएको सार्क गोल्डकपको फाइनलमा श्रीलंकाले पहिलो संस्करणको विजेता भारतलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै उपाधि जितेको थियो । त्यसअघि समूह चरणमा यि दुई टिमले एक आपसमा खेलेका थिए । समूह ‘बी’ मा दुई टोली मात्रै रहेका थिए । दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । त्यसमा पनि बराबरी भएपछि टसमा श्रीलंका विजयी हुन सफल भएको थियो ।
दोस्रो सार्क गोल्डकपमा नेपालको प्रदर्शन
श्रीलंकाको कोलोम्वोमा दोस्रो संस्करणको सार्क गोल्डकप २५ मार्च देखि २ अप्रिलसम्म आयोजना भएको थियो । समूह ‘ए’ मा एक हार र एक जितसहित नेपाल सेमिफाइनलमा पुग्न सफल भएको थियो ।
२७ मार्चमा बंगलादेशसँग २–० ले पराजित भएको नेपालले २९ मार्चमा पाकिस्तानलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको थियो । पाकिस्तानविरुद्धको खेलमा हरि खड्का र बालगोपाल महर्जनले गोल गरेका थिए । नेपाल श्रीलंकासँग अतिरिक्त समयमा २–१ ले पराजित हुदै सेमिफाइनलबाट घर फर्किएको थियो । यो खेलमा नेपालका दीपक अमात्यले गोल गरेका थिए ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]