default_image

7 years ago

August 31, 2018

पूर्व फरवार्ड मारियानो रियल फर्किए

108 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – गतवर्ष मात्रै रियल म्याड्रिडबाट फ्रान्सेली क्लब लियोन पुगेका फरवार्ड मारियानो डियाज पुनः रियलमै फर्किएका छन् । क्रिस्टियानो रोनाल्डोले रियल छोडेपछि उनको स्थानका लागि रियलले मारियानोलाई ३० मिलियान युरोमा पुनः अनुबन्ध गरेको हो ।

रियलको यो रोनाल्डो विक्री पछि पहिलो खेलाडी अनुबन्ध हो । मारियानोले एक वर्ष पहिले आठ मिलियन युरोमा रियल छोड्दै लियोन पुगेका थिए । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मारियानो माथि सेभिल्लाले पहिले चासो देखाएको थियो । तर, २५ बर्षीय मारियानोमाथि पछिल्लो समय रियलले चासो राख्दै आफ्नो क्लबमा पुनः फिर्ता गरेको हो ।

मारियानोले रियलसँग पाँच बर्षको सम्झौता गरेका छन् । उनी शुक्रबार सान्टियागो बर्नाबेउमा समर्थकका सामुन्ने सार्वजनिक हुने बताइएको छ । सन् २०११ बाट बडालोना क्लबमा अनुबन्ध हुदै मारियानोले व्यवसायीक फुटबल यात्रा शुरु गरेका थिए । त्यसपछि उनी २०१२ बाट रियलको सी क्लब र बी क्लबबाट खेल्दै उनी २०१६ मा सिनियर टिममा परेका थिए । उनले सिनियर टिमबाट लिगका ८ खेल खेलेका छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.