7 years ago
August 31, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका कप्तान लिओनेल मेसीले बार्साका एक फरवार्डसँग आफु खुसी नभएको बताएका छन् । उनले आफु र लुइस सुआरेजसँग राम्रो काम गर्न उचित खेलाडी चाहिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मेस्सीले ओसमाने डेम्बले बार्साको लयमा खेल्न अझै तयार नभएको उनले बताएका हुन् । यसै कारण मेसी हाल सुआरेज र फिलिप्पे काउटिन्होसँग समन्वय गर्न खोजिरहेका छन् । त्यसैले पनि मेस्सी र सुआरेज पेरिस सेन्ट जर्मनका स्टार मिडफिल्डर एड्रियन राबिओटलाई क्लबमा अनुबन्ध गर्न चाहन्छन् । जसले फिलिप्पे काउटिन्होलाई आफ्नो भुमिका निभाउनमा स्वतन्त्रता महसुस हुनेछ ।
यो खबर सुनेर डेम्बले खुसि नभए पनि उनी आफ्नो सहकर्मीको समर्थन खोजिरहेका चहन । उनी आफ्नो बार्सिलोना करियरलाई अगाडी बढाउन प्रयासरत छन् । डेम्बलेले यस सिजन बार्सिलोनाका लागि केहि महत्त्वपूर्ण गोल गरेका छन् । खासगरी स्पेनीस सुपर कप र जारी लिगमा भलाडोलिडका विरुद्ध उनले एक गोल गरेका थिए । डेम्बले गतबर्ष मात्र बोरुसिया डर्टमन्डबाट बार्सा पुगेका हुन् । उनले गत वर्ष ला लिगाका १७ खेलमा तीन गोल गरेका थिए ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]