default_image

7 years ago

August 31, 2018

डिबालाका लागि रियल १८० मिलियन युरो तिर्न तयार

131 views

0 Bookmark

स्पेन (एजेन्सी)– अर्जेन्टिना तथा युभेन्ट्सका स्ट्राइकरका लागि रियल मड्रिड मोटो रकम तिर्न सहमत भएको छ । रियल युभेन्ट्सका पाउलो डिबालालाई अनुबन्ध गर्न १८० मिलियन युरो तिर्न सहमत भएको हो ।

फ्लोरेन्टिनो पेरेज ट्रान्सफर विन्डोज सकिनै लाग्दा मोटो रकममा खेलाडी अनुबन्ध गर्दै अन्य टोलीलाई झट्का दिएका छन् । एक प्रतिभावान खेलामडी माथि हस्ताक्षर गर्दै छिट्टै डिबालालाई घोषणा गर्ने बताइएको छ । रियलका अनुसार डिबालाको युभेन्ट्स प्रबन्धक मासिमिलिनो एलेग्रिसँग राम्रो सम्बन्ध नभएको बताएका छन् । फरवार्ड डिबाला रियलमा जर्सि नम्बर ७ लगाउन तयार रहेका बताएका छन् । यसै सिजन रियलका जर्सि नम्बर ७ खेलाडी क्रिस्टियानो रोनाल्डो युभेन्ट्स पुगेका थिए ।

उनको स्थानमा नयाँ खेलाडी प्रतिस्थापन गर्न यतिखेर रियल कसरतमा छ । डिबाला एक आधुनिक खेलाडी मध्यका एक हुन् । उनमा युरोपका कुनै पनि टिमका लागि शीर्ष स्ट्राइकर हुन सक्ने क्षमता छ । यतिखेर २४ बर्षीय डिबाला म्यानचेस्टर युनाइटेड र रियलको नजरमा परेका छन् । उनी पालेर्मोबाट २०१५ मा युभेन्ट्स पुगेका थिए । डिबाला विश्वको शिर्ष खेलाडी मध्यका एक हुन् । उनले पछिल्लो बर्ष युभेन्ट्सका लागि असाधारण फुटबल खेलेर आफुलाई साबित गरिसकेका छन् । गत सिजनको सिरी–ए मा डिबालाले ३३ खेल खेल्दै २२ गोल र ५ असिस्ट गरेका थिए ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.