default_image

7 years ago

August 30, 2018

मोड्रीच युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित

238 views

0 Bookmark

मोनाको (एजेन्सी) – क्रोएसियाको राष्ट्रिय टोली कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीच युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले उपाधि जित्ने क्रममा पूर्व सहकर्मी एवं युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुल फरवार्ड मोहमद सलाहलाई पछाडी पारे ।

रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । राष्ट्रिय टोलीबाट क्रोएसियालाई विश्वकप फाइनलसम्म लागेका मोड्रीच फाइनलमा भने फ्रान्ससँग पराजित भएका थिए । उनले विश्वकपमा व्यक्तिगत रुपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बल हात पारेका थिए ।

खेलाडी चुन्ने क्रममा मतदान हुँदा मोड्रीचले ३ सय १३ मत पाएका थिए । उनले रोनाल्डोभन्दा ९० मत बढी पाउँदै उपाधि जितेका हुन् । रोनाल्डोले रियलका लागि गत सिजन ४४ खेलमा ४४ गोल गरेका थिए । लिभरपुलमा गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै प्रिमियर लिगको गोल्डेन बुट जितेका सलाहले १ सय ३४ अंक हासिल गरे ।

मतदानका लागि युरोप भरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकार सबैले उत्कृष्ट तीन खेलाडी चुन्ने प्रावधान रहेको छ । पहिलो नम्बरमा छनोट हुनेले ५, दोस्रोले ३ र तेस्रोले १ अंक पाउने व्यवस्था रहेको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.