7 years ago
August 31, 2018
न्योन (एजेन्सी)– इंग्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तान डेभिड युइएफए प्रेसिडेन्ट्स अवार्डबाट सम्मानित भएका छन् । च्याम्पियन्स लिग समूह चरणको ड्रको अवसरमा बिहीबार बेकह्यामलाई युइएफएका अध्यक्ष अलेकजेन्डर केफेरिनले अवार्ड प्रदान गरेका हुन् ।
‘यो महत्वपूर्ण इभेन्टमा अवार्ड प्राप्त गर्दा गर्व महसुस गरेको छु’, ४३ वर्षे बेकह्यामले भने, ‘म यो अर्थमा भाग्यमानी छुकी मैले केहि ठूला क्लब, केहि उत्कृष्ट खेलाडी, टोली र प्रशिक्षकको अधिनमा खेल्न अवसर पाए ।’ युइएफएका अध्यक्ष केफेरिनले बेकह्यामको तारिफमा भने, ‘हामी सबैले उनको खेल जीवनलाई हेरेका छौं । उनी उत्कृष्ट खेलाडी हुन् । उनी आफ्नु पुस्ताका आइकन हुन् ।’
म्यानचेस्टर युनाइटेडमा दशक लामो खेल जीवन बिताउनले क्रममा बेकह्यामले सन् १९९२ मा टोलीका लागि च्याम्पियन्स लिग उपाधि जितेका थिए । युनाइटेडमा ६ वटा प्रिमियर लिग उपाधि जितेपछि २००३ मा रियल म्याड्रिड पुगेका उनले त्यहाँ चार वर्ष बिताएका थिए । एलए ग्यालेक्सीबाट समेत खेलेका उनले केहि सयम लोनमा एसी मिलानबाट खेले र २०१३ मा पेरिस सेन्ट जर्मेनमा रहँदा खेल जीवनबाट विश्राम लिए ।
फ्रिकिकमा माहिर मानिने बेकह्यामले इंग्ल्यान्डका लागि १ सय १५ खेल खेल्द १७ गोल गरेका थिए । उनले खेल जीवनमा तीन पटक विश्व कप र दुई पटक युरो कप खेले । २० वर्षे खेल जीवनमा ७ सय ६२ खेल खेलेका उनले १ सय ३० गोल गरे । युइएफए टिम अफ दि इयरमा २००१ र २००३ मा पर्न सफल बेकह्याम १९९९ को बालोन डि ओरका उपविजेता हुन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]