7 years ago
August 31, 2018
काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिप सुरु हुनु दुई दिन अघि मात्र नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश पुग्ने भएको छ । पाकिस्तानसँग बुधबार खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्ने नेपाली टोली सोमबार मात्र ढाका पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपाल र पाकिस्तान रहेको समूह ‘ए’ मा भुटान र आयोजक बंगलादेश रहेका छन् । दक्षिण एसियाका ७ राष्ट्रको सहभागिता रहेको साफ च्याम्पियनसिपको समूह ‘बी’ मा सबै भन्दा सफल टोली भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । एन्फाले सोमबार बिहान ८ः०० बजे राष्ट्रिय टोलीको बिदाई कार्यक्रम राखेको थियो ।
नेपालले दोस्रो खेल भदौ २१ गते भुटान र समूह चरणका अन्तिम खेल बंगलादेशसँग भदौ २३ गते खेल्नेछ । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली अन्तिम चारमा पुग्नेछन् । एसियाली खेलकुद र साफ च्याम्पियनसिपलाई लक्षित गर्दै नेपाली टोलीले प्रशिक्षण गरिरहेको छ ।
एसियाली खेलकुदमा भाग लिएको यू २३ टोलीले एसियाडमा ३ खेल र त्यसअघि थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल बाहेक नेपाली टोली कुनै मैत्रीपूर्ण खेल खेलेको छैन । एसियाडमा नेपाली युवा टोलीले पाकिस्तानसँग खेल्दा २–१ को हार बेहोरेको थियो । पाकिस्तनकै राष्ट्रिय टोलीसँग खेल्दै नेपालले यसपटकको साफ च्याम्पियनसिपको यात्रा प्रारम्भ गर्नेछ ।
नेपाली टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन कुनै पनि प्रतिद्वन्द्विलाई सहज मान्नु नहुने भएपनि आफ्नो टोली सेमिफाइनल पुग्नेमा विश्वस्त छन् ।
‘हामीले अनुभवी र युवा खेलाडीलाई छनोटमा छनोट गरेका छौं,’ उनले भने,‘ टोली सन्तुलित छ । अहिले हामी समूह चरणको खेलमा केन्द्रित हुन्छौं । त्यसपछि आवश्यकता अनुसारको रणनीति लिइनेछ ।’ उनलाई प्रशिक्षणमा किरण श्रेष्ठ र नविन महर्जन (गोलकिपर प्रशिक्षक) ले सघाइ रहेका छन् । एसियाडबाट युवा टोली फर्केको केहि दिनमा एन्फाले महर्जनलाई राष्ट्रिय टोलीको जिम्मेवारी सुम्पेको थियो ।
साफ सुजुकी कपमा नेपालको खेल तालिका
भदौ १९ गते मंगलबार नेपालविरुद्ध पाकिस्तान
भदौं २१ गते बिहिबार नेपालविरुद्ध भुटान
भदौं २३ गते शनिबार नेपालविरुद्ध बंगलादेश
नेपाली राष्ट्रिय टोली
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, एलेन न्यौपाने
रक्षक : दीनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल
मिडफिल्ड : हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का
फरवार्ड : भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]