7 years ago
August 31, 2018
मोनाको (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग पछिको क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युइएफए युरोपा लिगको समूह चरण सार्वजनिक भएको छ । युइएफएले फ्रान्सको मोनाकोमा शुक्रबार युरोपा लिगको समुह विभाजन गरेको हो ।
शुक्रबार सार्वजनिक भएको समुह विभाजनमा दुई इंग्लिस क्लब चेल्सी र आर्सनल तुलनात्मक रुपमा सहज समूहमा परेको छ । चेल्सी समूह ‘एल’ मा बेलारुसको बाटे बेरिसोभ, हंगेरीको एफसी भिडी र ग्रीसको पाओक रहेको समूहमा परेको हो । यस्तै आर्सनल समूह ‘ई’ मा स्पोर्टिङ लिस्वन, क्वाराबाग र एफसी भोर्सक्ला रहेको सहज समूहमा परेको हो । युरोपा लिग ९ सेप्टेम्वरबाट शुरु हुदैछ पहिलो खेलमा चेल्सीले पाओकसँग खेल्दैछ ।
समूह विभाजन
समूह ‘ए’ समूह ‘बी’
वायर लिभरकुसेन (जर्मनी) एफसी साल्जवर्ग (अष्ट्रिया)
लुडोगोरेट्स (बुल्गेरिया) सेल्टिक (स्कटल्याण्ड)
एफसी जुरिच (स्विजरल्याण्ड) आरवी लिपजिग (जर्मनी)
एईके लार्नाका (साइप्रस) रोसेनबर्ग (नर्वे)
समूह ‘सी’ समूह ‘डी’
जेनिथ सेन्ट पिटर्सवर्ग (रुस) एन्डरलेक्ट (बेल्जियम)
एफसी कोपेनहेगन (डेनमार्क) फेनरवाच (टर्की)
बोर्डेअक्स (फ्रान्स) डाइनामो जाग्रिव (क्रोएसिया)
स्लाभिया प्राग (चेकरिपब्लिक) स्पार्कटाक (स्लोभाकिया)
समूह ‘ई’ समूह ‘एफ’
आर्सनल (इंग्ल्यान्ड) ओलम्पियाकोस (ग्रीस)
स्पोर्टिङ लिस्वन (पोर्चुगल) एसी मिलान (इटाली)
क्वाराबाग (अजरबैजान) रियल बेटिस (स्पेन)
एफसी भोर्सक्ला (युक्रेन) डुडलंग (लक्सेमवर्ग)
समूह ‘जी’ समूह ‘एच’
भिल्लारियल (स्पेन) लाजियो (इटाली)
रापिड भियना (अष्ट्रिया) मार्सेली (फ्रान्स)
स्पार्टक मस्को (रुस) फ्रान्कफर्ट (जर्मनी)
रेन्जेर्स (स्कटल्याण्ड) एफसी एपोइन (साइप्रस)
समूह ‘आई’ समूह ‘जे’
बेसिक्टास (टर्की) सेभिल्ला (स्पेन)
जिन्क (बेल्जियम) क्रान्स्नोडर (रुस)
माल्मो (स्विडेन) स्ट्यान्डर्ड लिग (बेल्जियम)
सार्सव्रग (नर्वे) अखिसार्सपर (टर्की)
समूह ‘के’ समूह ‘एल’
डाइनामो किभ (युक्रेन) चेल्सी (इंग्ल्यान्ड)
एस्टना (काजकस्तान) बाटे बेरिसोभ (बेलारुस)
रेनिज (फ्रान्स) एफसी भिडी (हंगेरी)
जाब्लोनेक (चेक रिपब्लिक) पाओक (ग्रिस)
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]