default_image

6 years ago

September 6, 2018

किरण पहिलो पटक राष्ट्रिय टोलीको कप्तान

प्रकाश तिमल्सिना ढाका – गोलकिपर किरण चेम्जोङले पहिलो पटक राष्ट्रिय फुटबल टोलीको कप्तानी गर्ने भएका छन् । साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को भुटानविरुद्धको दोस्रो खेलमा बिहीबार उनले कप्तानीको अवसर पाएका हुन् । नियमित कप्तान विराज महर्जन पहिलो रोजाइमा पर्न असफल भएपछि किरणले कप्तानीको जिम्मेवारी निर्वाह गर्ने अवसर पाएका हुन् । विराज पहिलो रोजाइमा पर्न […]

39 views

0 Bookmark

प्रकाश तिमल्सिना
ढाका – गोलकिपर किरण चेम्जोङले पहिलो पटक राष्ट्रिय फुटबल टोलीको कप्तानी गर्ने भएका छन् । साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को भुटानविरुद्धको दोस्रो खेलमा बिहीबार उनले कप्तानीको अवसर पाएका हुन् ।

नियमित कप्तान विराज महर्जन पहिलो रोजाइमा पर्न असफल भएपछि किरणले कप्तानीको जिम्मेवारी निर्वाह गर्ने अवसर पाएका हुन् । विराज पहिलो रोजाइमा पर्न असफल रहँदा भरत खवासले कप्तानी गर्थे, तर आज भरतले पहिलो रोजाइमा मौका पाएनन् । राष्ट्रिय टोलीबाट एक दशक लामो यात्रा तय गरेका किरणले राष्ट्रिय टोलीलाई पहिलो पटक नेतृत्व गर्ने मौका पाएका हुन् ।

यसअघि उनले हालै इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा यू २३ टोलीको कप्तानी गरेका थिए । यू २३ बाहेक तीन खेलाडीलाई टोलीमा राख्न पाउने व्यवस्था अनुसार नेपालले किरण, रोहित चन्द र विशाल राईलाई मौका दिएको थियो । भुटानविरुद्धको खेल किरणका लागि राष्ट्रिय टोलीबाट ५३ औं खेल हो । किरणले सन् २००८ को च्यालेन्ज कप छनोटमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

April 30, 2024

एन्फाको यूके भ्रमण : टोली बाहिरका २० जना आफ्नै खर्चमा जाने तयारी

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को साता बेलायतमा (यूके) मा हुने मैत्रीपूर्ण खेलका लागि २३ खेलाडी र ७ टिम अफिसियलसँगै अन्य ५ भीआइपी र १५ जनाको लागि भिसा प्रक्रियाका लागि अनुरोध गरेको तथ्य आएको छ । एन्फाले टोलीमा रहेका ३० जनाबाहेक अन्य २० जनाको भने खर्च नबेहोर्ने जनाएको छ । आफ्नै […]

April 30, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख भिड्दै छन् । बायर्नको घरेलु मैदान आलियान्ज अरिनामा हुने खेल राती १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली पछिल्लो पटक २०१८ को च्याम्पियन्स लिग सेमिफाइनलमा र २०१७ को क्वाटरफाइनलमा एकअर्का सँग भिडेका थिए । दुवै पटक […]

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

Success

Thank you for your time.