7 years ago
September 17, 2018
बार्सिलोना (एजेन्सी)- बार्सिलोनाका स्टार लियोनल मेसीले स्पेन भित्रका एथलेटिको बिलबाओ, रियल मड्रिड, एथलेटिको मड्रिड र सेभिल्लाविरुद्ध सर्वाधिक गोल गरेका छन् । तर, यस पटक मेसीले स्पेनबाहिर रहेका पाँच क्लबमाथि जित दर्ता गरेको तथ्य साधारण खेलाडी भन्दा माथि नै छ ।

उनले सर्वाधिक गोल गरेका गैर स्पेनिस क्लब यस्ता छन् :
५. म्यानचेस्टर सिटी
इंग्लिस च्याम्पियन क्लब म्यानचेस्टर सिटीविरुद्ध युईएफए च्याम्पियन्स लिगमा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले छ पटक प्रतिस्पर्धा गरेका छन् । जहाँ सिटीले छ पटक सबै भन्दा घातक क्लबसँग प्रतिस्पर्धा गर्नुपर्यो । सिटीविरुद्ध आफ्नो छ प्रतिस्पर्धामा मेस्सीले ६ गोल गरे । उनले ६ गोलसँगै तीन असिस्ट समेत गरेका थिए । जसमा सिटी मेस्सीको स्पेन बाहिरको सर्वाधिक गोल गर्ने टिम मध्येको एक बन्यो । सन् २०१५ मा मेसीले सिटीविरुद्ध पेनाल्टी गुमाएका थिए ।
४. बायर लेभरकुसन
लेभरकुसेनसँग मेसीले एउटै खेलमा ५ गोल गरे । जो मेसीका र बार्सिलोनाका समर्थक होस् या लिभरकुसेन समर्थक, अहिले सम्म कसैले बिर्सन सक्दैनन् । अर्को खेलमा मेसीले थप दुई गोल गरे । उनले तीन खेलमा जम्मा सात गोल गरेका छन् ।

३. सेल्टिक
सेल्टिक लियोनल मेस्सीको सर्वाधिक गोल गरेको गैर–स्पेन क्लब मध्ये तेस्रो क्लब हो । उनले सेल्टिकविरुद्ध छ खेल खेलेका छन् । मेसीले सेल्टिकविरुद्ध छ खेल खेल्दा ८ गोल र एक असिस्ट गरेका छन् ।
२. एसी मिलान
मिलान फुटबल इतिहासकै ठुलो क्लब मध्ये एक हो । इटालियन क्लबविरुद्ध मेस्सीले आश्चर्यजनक नतिजा निकालेका छन् । मेस्सीले मिलानविरुद्ध ८ खेल खेल्दै ८ गोल गरेका छन् । सँगै चार पटक असिस्ट समेत गरेका छन् । जो कुल गोल योगदान १२ पुगेको छ । उनले चार पटक खेल पनि जितेका छन् । तीन पटक बराबरी खेल्दा मेस्सीले एक खेल मात्र गुमाउन पुगेका छन् ।

१. आर्सनल
इंग्लिस क्लब आर्सनलका लागि मेस्सी धेरै नै घातक साबित भएका छन् । मेसीले आर्सनलविरुद्ध छ खेल खेले । उनले छ खेलमा ९ गोल गरेका छन् । यससँगै आर्सनल मेस्सीका लागि गैर–स्पेनिस क्लब मध्येमा सर्वाधिक गोल गरेको क्लब हो । यससँगै मेस्सीले आर्सलनविरुद्ध व्यक्तिगत उत्कृष्ट प्रदर्शन समेत गरेका छन् । जस्तो की २००९–१० को सिजनमा लन्डनस्थीत क्लबविरुद्ध क्याम्प नाउमा उनले सुपर ह्याट्रिक गरेका थिए । जुन कुराले गनर्स समर्थकको मन अहिले पनि कटकट खान्छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]