default_image

7 years ago

September 15, 2018

नेपालले बंगबन्धु गोल्ड कप नखेल्ने सम्भावना!

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेश फुटबल संघको आयोजनामा अर्को महिना हुने बंगबन्धु गोल्ड कपको आयोजना मिति र समूह विभाजन तय भइसकेको छ ।  तर प्रतियोगिता अाउन दुई सातामात्रै बाँकी हुँदा पनि नेपालको सहभागिता हुने-नहुने टुंगो लागेको छैन ।

साविक विजेता समेत नेपाल समूह ‘ए’मा प्यालेस्टाइन र ताजकिस्तानसँग रहेको छ । अर्को समूहमा आयोजक बंगलादेश, फिलिपिन्स र लाओस रहेका छन् । बंगबन्धु गोल्डकप असोज १४ देखि २६ गतेका लागि तय भएको छ । यसैबीच, एन्फाले ५ वर्षयता पहिलो पटक असोज १३ गते देखि ए डिभिजिन लिग आयोजना गर्ने घोषणा गरेको थियो । हालसम्म लिगबारे एन्फाले सोहि मिति अनुसार तयारी अघि बढाइरहेको छ ।

यति लामो प्रक्रिया अघि बढ्दा पनि नेपालको सहभागिता बंगबन्धुमा रहन्छ रहँदै भन्ने अझै निश्चित हुन सकेको छैन । नेपालको सहभागिता अनिश्चित हुनुको मुख्य कारण यसअघि च्याम्पियन बन्दाको पुरस्कार राशी पुरा नपाउनु हो । २०७२ को माघ मा च्याम्पियन बनेको नेपालले ५० हजार अमेरिकी डलर पाउने बताइएको थियो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले आधा रकम २५ हजार डलर मात्र प्राप्त गरेको बताएको छ ।

ढाकामा जारी साफ च्याम्पियनसिपका दौरान त्यहाँका सञ्चारकर्मीको चासो नेपालले बंगबन्धुमा भाग लिन्छ की लिदै भन्ने रह्यो । बंगलादेशको जमुना टेलिभिजनलाई दिएको अन्तवार्तामा एन्फाका उपाध्यक्ष कृष्ण थापाले पुरस्कारको आधा रकम पाउन बाँकी रहेको र त्यो नपाउँदा सम्म बंगबन्धुको सहभागिता भने ग्यारेन्टी गर्न नसकिने बताएका थिए ।

तर, बंगलादेश फुटबल संघका अध्यक्ष काजी सलाउद्दीनले पुरस्कार राशीका बारेमा सोधिएको प्रश्नमा पैसा पुरा दिए नदिएको भन्दा पनि वकवास भनेका छन् । सलाउद्दीन दक्षिण एसियाली फुटबल महासंघ (साफ) का पनि अध्यक्ष हुन् । पुरस्कार रकम पूर्ण रुपमा प्राप्त नभएसम्म बंगबन्धुमा भाग नलिने एन्फाले बताउँदै आएको छ ।

पुरस्कार रकम आउन ढिला भएपनि एन्फाले बंगबन्धुका विजेतालाई त्यहि समय जनही ५ लाख रुपैयाँले सम्मान गरेको थियो । साविक विजेता समेत रहेको नेपाललाई खेलाउन बंगलादेशले हरसम्भव प्रयास गरिरहेको बताइएको छ ।

बंगालदेश फुटबल संघ पुरस्कार राशी छिट्टै उपलब्ध गराएर पनि वातावरण बनाउने तयारीमा जुटेको बुझिएको छ । एन्फाका अर्का उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव इन्द्रमान तुलाधर यति बेला बंगलादेशमै रहेकाले बंगबन्धुमा नेपालको सहभागिताका बारेमा थप प्रष्ट हुने विश्वास गरिएको छ ।

 बंगलादेशकाे च्यानलले प्रशारण गरेकाे  सामाग्री :

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.