7 years ago
September 15, 2018
वेम्वली (एजेन्सी)–इंग्लिस प्रिमियर लिग फुटबलमा मर्सिसाइड क्लब लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेका छन् । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्याम हस्टपरलाई २–१ ले पराजित गर्दै लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै गरेको हो ।

टोटनह्यामको घरेलु मैदान वेम्वली स्टेडियममा भएको खेलमा लिभरपुललाई जिताउन जर्जिनो विजनल्डम र रोबर्टाे फिर्मिनोले गोल गरे । लिभरपुलले पहिलो र दोस्रो हाफमा गोल गर्न सफल भए । प्रतिस्पर्धात्मक बनेको खेलमा लिभरपुलले खेलका ३९औं मिनेटमा अग्रता बनाएको थियो ।
जर्जिनो विजनल्डमले कर्नरमा आएको बललाई गोलमा परिणत गर्दै लिभरपुल लाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । ५३औं मिनेटमा साडियो मानेले पासमा फिर्मिनोले गोल गरेपछि लिभरपुल २–० ले अघि बढेको थियो । घरेलु मेदानमा २–० ले पछि परेपछि टोटनह्यामले आक्रमक फुटबल खेल्दै इन्जुरी समयमा इरिक लमेलाले गोल गरेपनि खेलमा फर्कन निकै ढिला भैसकेको थियो ।
लिभरपुलको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । यो सिजन खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको लिभरपुलले लिगमा लगातार पाँच जितसहित १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । लिगमा टोटनह्यामको यो दोस्रो हार हो । टोटनह्यामको पाँच खेलबाट ९ अंक छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]