7 years ago
September 15, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिडले एथलेटिक बिल्बाओको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । लिगमा शत प्रतिशत जित दर्ता गरेको रियल आफ्नो लयलाई निरन्तरता दिने सुरमा छ ।

रियलको टोलीमा चोटको कुनै समस्या नरहेकाले प्रशिक्षक जुलेन लोपेटेगुईले बलियो टोली उतार्ने सम्भावना छ । पछिल्ला २९ मध्ये २६ अवे खेलमा अपराजित रियल लिगमा लगातार चौथो जित हासिल गर्ने लक्ष्यमा हुनेछ । पछिल्ला ८ खेलमा कम्तिमा २ गोल गरेको रियल म्याड्रिडमा यस सिजन रोनाल्डोको अनुपस्थिति खड्केको छैन । रियलले ३ खेलमा १० गोल गरिसकेको छ । पछिल्ला ६ खेलमा एथलेटिक बिल्बाओले रियललाई पराजित गर्न सकेको छैन ।
बिल्बाओका लागि इनिगो लेउके चोटका कारण उपस्थित हुने छैनन् । मुख्य फरवार्ड अरिट्ज अडुरिज पनि चोटका कारण खेल्ने नखेल्ने पक्का छैन । चोटबाट फर्केका इनिगो मार्टिनेजले सुरुआती रोजाइमा खेल्न सक्ने छन् । इनाकी विलियम्स र सुजाएटाले आक्रमणको जिम्मेवारी सम्हाल्नेछन् ।

सम्भावित सुरुआती ११ :
एथलेटिक बिल्बाओ :
सिमोन
मार्कोस – अल्भारेज – मार्टिनेज – युरी
डानी गार्सिया – राउल गार्सिया – इकार मुनिआइन
मार्केल सुजाएत – अरिट्ज अडुरिज – इनाकी विलियम्स
रियल म्याड्रिड:
थिबाउट कोर्टुआ
मार्सेलो – सर्जियो रामोस – राफेल भाराने – ड्यानी कार्भाजल
लुका मोड्रीच – टोनी क्रुस – इस्को
ग्यारेथ बेल – करीम बेन्जेमा – मार्को एसेन्सियो
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]