7 years ago
September 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) –माल्दिभ्स एक दशकपछि दक्षिण एसियाली राष्ट्रको प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप ९साफ सुजुकी कप० को च्याम्पियन बनेको छ । बंगलादेशको ढाकामा शनिबार साविकको विजेता भारतलाई २–१ ले पराजित माल्दिभ्स दोस्रो पटक च्याम्पियन बनेको हो ।
माल्दिभ्सले यसअघि सन् २००८ मा भारतलाई नै १–० ले हराएर पहिलो पटक उपाधि जितेको थियो । त्यसपछिको २००९ को फाइनलमा माल्दिभ्स भारतसँग अतिरिक्त समयमा ३–१ ले पराजित भएको थियो । कमजोर सुरुवात गरेको माल्दिभ्स भाग्यको सहारामा सेमिफाइनल पुगेको थियो ।
समूह चरणमा विना जित श्रीलंकासँग अंक र गोलअन्तरमा बराबरी भएपछि टसमा भाग्यशाली रहँदै अघि बढेको माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३-० ले निराश पारेको थियो । फाइनलमा भारतलाई पराजित गरसँगै माल्दिभ्सले यसपटक समूह चरणमा बेहोरेको २–० को हारको बदला समेत लिएको छ ।
ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा शनिबार राति भएको फाइनल खेलमा माल्दिभ्सले खेलको १९औं मिनेटमा अग्रता बनाएको थियो । इब्राहिम माहुधी हुसेनले हसन नेइजको पासमा डि–बक्सको मध्यभागबाट गरेको फ्लिक प्रहार भारतका गोलरक्षक विशाल केथले रोक्ने कुनै मौका पाएन । १–० ले पछि परेपछि भारतले खेललाई आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न सकेन बरु दोस्रो हाफमा थप १ गोल खान पुग्यो ।
६६औं मिनेटमा अलि फसिरले गोल गर्दै माल्दिभ्सको अग्रता दोब्बर पारेका थिए । हम्जाथ मोहमेदको पासलाई अलिले सदुपयोग गरेका थिए । भारतले खेलको अन्त्यतिर गोल फर्काएपछि त्यसले नतिजामा खासै फरक परेन । इन्जुरी समयको दोस्रो मिनेटमा सुमित पासीले गोल गरेका थिए । अर्को गोल थप्न नसेपछि भारतले उप विजेतामा चित्त बुझाउनु पर्यो । भारत सात पटकको विजेता हो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]