default_image

7 years ago

September 16, 2018

सोसीडाडको मैदानमा बार्सिलोनाको कठिन जित

83 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस लिगको साविक विजेता बार्सिलोनाले दोस्रो हाफको तीन मिनेटको अन्तरमा दुई गोल गर्दै रियल सोसीडाडलाई २-१ ले पराजित गरेको छ । यस नतिजासँगै ला लिगामा शत प्रतिशत नतिजा कायम राखेको छ ।

पहिलो हाफमा पछाडी पारेको बार्सिलोनाले दोस्रो हाफमा लगातार गोल गर्दै जितको सिलसिला कायमै राख्यो । खेलको १२ औं मिनेटमा बार्सिलोनाको डिफेन्सले फ्रिकिक क्लिअर गर्न नसक्दा अरिट्ज एलुस्टोन्डोले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा लुइस सुआरेज तथा त्यसको केहि मिनेटमै ओस्मान डेम्बेलेले गोल गर्दै खेलमा बार्सालाई अग्रता दिलाए ।

बार्सिलोना खेलमा फर्केलगत्तै सोसोडाडले बराबरी गर्ने तीन अवसरको सदुपयोग गर्न सकेन । बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले उत्कृष्ट बचाउ गर्दै खेलमा अग्रता कायम राखे । उनले रियल म्याड्रिडबाट लोनमा आएका थियो हर्नान्डेज र जुआन्मीको प्रहार बचाएका थिए । खेलको अन्तिम समयमा पनि जुआन्मीले हेडरमा गोल गर्न नसक्दा सोसीडाडले अंक जोड्न सकेन ।

पहिलो हाफमा खराब प्रदर्शन गरेको बार्सिलोनाले विपक्षी गोलरक्षकको गल्तिको फाइदा पनि उठाउन सकेको थिएन । लिगको शनिबारकै खेलमा एटलेटिको म्याड्रिड र एइबारको खेल १-१ को बराबरीमा टुंगिएको थियो । खेलको दुवै गोल अन्तिम ४ मिनेटमा सम्भव भएको हो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.