default_image

7 years ago

September 16, 2018

ज्लाटनद्वारा करिअरको ५ सय गोल पूरा

116 views

0 Bookmark

लास एन्जेलस (एजेन्सी) – अमेरिकी लिगमा व्यवसायिक फुटबल खेल्दै आइरहेका स्विडिस फरवार्ड ज्लाटन इब्राहिमोभिचले आफ्नो फुटबल करिअरको ५ सयौं गोल पूरा गरेका छन् । शनिबार मेजर लिग सकरअन्तर्गत टोरोन्टोविरुद्धको खेलमा उनले उत्कृष्ट गोल गर्दै सो उपलब्धि हासिल गरेका हुन् ।

खेलको ४३ औं मिनेटमा जोनाथन डस सान्टोसको पासमा उनले ब्याकहिल प्रहारमा गोल गरे । उनको टोली एलए ग्यालेक्सीले ३-० ले पछाडी परेको स्थितिबाट पुनरागमन गर्दै खेल ३-३ को अवस्थामा ल्याएपनि अन्तमा ५-३ को हार बेहोर्यो । ज्लाटनले ५ सयौं करिअर गोल गरेको खेलमा पराजित हुनुपर्दा दुख लागेको बताए ।

‘ खेल हार्दा दुख लाग्नु स्वभाविक हो । आज झनै विशेष दिन थियो । म टोरोन्टोको लागि भने खुसी छु किनकि मेरो ५ सयौं गोल उनीहरु विरुद्ध थियो भनेर सम्झना हुनेछ,’ इब्राले भने ।

खेलमा पराजित हुनुका बाबजुद इब्राले ट्वीटरमार्फत आफ्नो उपलब्धिको खुसी बाँडेका थिए । ३६ वर्षीय फरवार्ड गत सिजन म्यानचेस्टर युनाइटेड छाडेर अमरिकी क्लब ग्यालेक्सीमा आबद्ध भएका हुन् । उनले हालसम्म ग्यालेक्सीबाट २२ खेल खेल्दै १७ गोल गरिसकेका छन् ।

युरोपका ठूला क्लबबाट खेलिसकेका उनले सबै पुराना क्लबमा आफ्नो अमिट छाप बसाएका छन् । उनले प्रतिस्पर्धा गरेका लगभग सबै क्लबबाट घरेलु लिगको उपाधि जितेका छन् । उनले राष्ट्रिय टोलीबाट पनि झन्डै डेढ दशक खेलेका थिए । त्यसक्रममा उनले राष्ट्रिय टोलीका लागि ६२ गोल गरे ।

Ibra United

क्लब र गोल :

पेरिस सेन्ट जर्मेन – १ सय ५६ गोल

इन्टर मिलान – ६६ गोल

एसी मिलान – ५६ गोल

आयाक्स – ४८ गोल

म्यानचेस्टर युनाइटेड – २९ गोल

युभेन्ट्स – २६ गोल

बार्सिलोना – २२ गोल

माल्मो – १८ गोल

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.