7 years ago
September 16, 2018
एजेन्सी – इंग्ल्यान्ड स्टार डेविड बेकह्यामले अमेरिकी लिग मेजर लिग सकारमा इन्टर माएमी क्लब खरिद गरेपछि विभिन्न महत्त्वकांक्षा अगाडी सार्दै आएका छन् । सन् २०२० मा पहिलो सिजन खेल्ने तयारीमा रहेको क्लबका लागि उनले अर्जेन्टिनी स्टार लिओनेल मेसीलाई क्लबमा ल्याउने गृहकार्य गरिरहेको खुलेको छ ।

बेकह्यामले लिगमा क्लबको आगमनलाई ठूलो महत्त्व दिँदै नाम चलेका खेलाडीलाई क्लबमा अनुबन्धन गर्न अहिले देखि प्रक्रिया चालिसकेका छन् । मेसीको हाल बार्सिलोनासँगको सम्झौता २०२०-२१ सिजनसम्मका लागि मात्र रहेको छ । त्यसबेला मेसीको उमेर पनि ३३ वर्ष पुगिसकेको हुनेछ । यस्तो अवस्थामा माएमीले ठूलो रकमको प्रस्ताव राखेको खण्डमा क्लब र खेलाडी दुवैका लागि माएमीको प्रस्ताव सनादर्भिक हुने विश्लेषकहरुको ठम्याई छ ।
यद्यपी हालसम्म मेसी र बार्सिलोनासँग कुनै औपचारिक प्रस्ताव भने गरिएको छैन । क्लब स्रोतका अनुसार माएमीले अन्य केहि खेलाडीलाई पनि सम्भावनाको रुपमा हेरेको छ । मेसी भने उक्त सुचिमा शीर्ष स्थानमा छन् । यदि उनले व्यक्तिगत रुपमा आउन चाहेमा क्लबले बार्सिलोनासँग सम्झौता गर्ने छ । बार्सिलोना छाडेपछि मेसीले अन्य युरोपेली क्लबमा नखेल्ने हुनाले पनि माएमीमा उनी जाने सम्भावना बढेको हो ।

यसअघि मेसीले बार्सिलोनामा करिअर सकिने सम्भावना नरहेको र अर्जेन्टिना गएर आफ्नो बाल्यकालको क्लबमा खेल्ने बताएका थिए । तर विगत केहि समययता अर्जेन्टिनाको राष्ट्रिय टोलीमा उनको प्रदर्शनलाई लिएर अर्जेन्टिनी समर्थकहरु निराश भएका कारण उनले अर्जेन्टिना नफर्कने मनस्थिति बनाएका छन् । पछिल्लो पटक विश्वकप र कोपा अमेरिकाको प्रदर्शनका बाबजुद उनि आलोचित हुँदै आएका छन् ।
बेकह्यामले क्लब खरिद गरेको माएमी सहरमा ७० प्रतिशत भन्दा बढी ल्याटिन जनसंख्या रहेको छ । यसका कारण पनि मेसी र उनको परिवारलाई यस क्षेत्रमा बसोबास गर्न सहज हुने अनुमान लगाइएको छ । एमएलएसले विगत लामोसमयदेखि युरोपका ठूला खेलाडी भित्र्याउँदै आएकोमा मेसीको आगमनले लिगले नयाँ आयाम पाउने धेरैले अपेक्षा राखेका छन् ।

अहिलेसम्म युरोपका खेलाडीहरु करिअरको अन्त्यतिर एमएलएस पस्दै आएका छन् । तर माएमीले उच्च लयमा खेलिरहेका स्टार खेलाडीलाई पनि अमेरिका ल्याएर नयाँ माहोल सिर्जना गर्ने लक्ष्य राखेको छ । यसका लागि क्लबले मोटो रकम खर्चिन तयार रहेको क्लब स्रोतले जानकारी दियो । मेसीको आगमन त्यसको लागि सुखद सुरुआत हुने अपेक्षा उनीहरुको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]