7 years ago
September 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)-भारतको आग्रामा हुने ४६ औं संस्करणको एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई विराटनगरमा विदाई गरिएको छ । २० खेलाडी सहितको २८ सदस्यीय टोली असोज ४ गते भारत प्रस्थान गर्नेछ ।
प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलगायतले खेलाडीलाई विजयको शुभकामना सहित विदाई गरे ।
एन्फा अध्यक्ष शेर्पाले नेपाली टोलीलाई जितका लागि शुभकामना दिंदै नेपाली फुटबललाई व्यवसायिक बनाउन धेरै काम भइरहेको जानकारी दिए । एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले सबै प्रतियोगिताको काठमाडौंमा भइरहने बन्द प्रशिक्षणलाई ‘आइसब्रेक’ गर्दै एसियन च्याम्पियनसिपको बन्द प्रशिक्षण विराटनगरमा गराएर नेपाली फुटबल इतिहास भत्काइएको दावी गरे ।
इतिहास भत्काउन पनि भारतको आग्रा अनुकुलको मौसम रहेको विराटनगरमा बन्द प्रशिक्षण राखिएको उनको भनाइ छ । प्रतियोगिता अन्र्तगत समूह ‘क’ मा रहेको नेपालले थाइल्याण्ड, इन्डोनेशिया र चीनसंग प्रतिष्पर्धा गर्ने छ । त्यसै गरी समूह ‘ख’ मा आयोजक राष्ट्र भारत, श्रीलंका, दक्षिण कोरिया र मलेशिया रहेका छन् । नेपालले असोज ७ गते थाइल्याण्डसंग पहिलो खेल खेल्ने छ ।
मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगिताका लागि टोली पूर्ण रुपमा तयार रहेको जानकारी दिए । एक महिना विराटनगरमा सम्पन्न बन्द प्रशिक्षण खेलाडीको टीम तयार पारिएको हो । पहिलो पटक नेपाली फुटबल टोलीले यस प्रतियोगितामा सहभागिता जनाउने भएको हो । प्रतियोगिता ४ असोजदेखि १० दिन सम्म चल्ने छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]