7 years ago
September 16, 2018
टुरिन (एजेन्सी)– युभेन्ट्समा आबद्ध भएयता अन्ततः क्रिस्टियानो रोनाल्डोले गोलको खडेरी तोडेका छन् । पोर्चुगिज स्टारको २ गोलको मद्दतमा युभेन्ट्सले आइतबार सासाउलोलाई २–१ ले हराएको छ ।
नयाँ सिजनको सुरु भएपछिका तीन खेलमा ३३ वर्षे रोनाल्डो गोल विहिन रहँदैअ ाएका थिए । तर, चौथो खेलमा आइपुग्दा उनका लागि गोल सहज रह्यो । दास्रो हाफको पाँच मिनेटमै उनले सहज ट्यापमा गोल गरेका थिए ।
युभेन्ट्सका लागि ४ खेलमा २८ आक्रमणमा रोनाल्डो गोल गर्न सफल भएका थिए । आइतबारको रोनाल्डोका लागि विशेष थियो , ६५ औं मिनेटमा उनले अर्को गोल थपे र टोलीलाई मजबुत अवस्थामा पुर्याए । इन्जुरी समयको पहिलो मिनेटमा खोमा बाबाकारले गोल गरेपछि युभन्ट्सलार्ई जितबाट रोक्न सकेनन् ।
युभेन्ट्सले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । डगलस कोस्टाले इन्जरी समयमा रातो कार्डको दर्शन गर्नुपरेको थियो । ४ खेलमा शतप्रतिशत नतिजासहित युभेन्ट्स शीर्षस्थानमा छ ।
आइतबार सिरिएका अन्य खेलमा साम्पडोरियाले फ्रोसिनोनेलाई ५–० ले, गिनाओले बोलोग्ना एसीलाई १–० ले हरायो । रोमा र एसी किएभो भेरोनाले २–२ तथा उडिनेसी र टोरिनोले १–१ को बराबरी खेले ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]