default_image

7 years ago

September 17, 2018

युभेन्ट्सका लागि दुई गोल गरेपछि रोनाल्डोले राखे ४ कीर्तिमान

125 views

0 Bookmark

टुरीन (एजेन्सी) – क्रिस्टियानो रोनाल्डो आइतबार युभेन्ट्सका लागि लिगको चौथो खेलमा गोलको खाता खोलेका छन् । सुरुआती तीन खेलमा आक्रामक रुपमा निकै चनाखो देखिएपनि उनले गोल गर्न भने सकेका थिएनन् ।

लिगको सुरुआती खेलमा गोल गर्न नसक्दा रियल म्याड्रिड छाडेर युभेन्ट्स जाने उनको निर्णय पनि आलोचित रहँदै आएको थियो । तर आइतबार एकै खेलमा दुई गोल गर्दै उनले आलोचकहरुको मुखमा केहि हदसम्म बुझो लगाएका छन् । युभेन्ट्सले पनि १ सय मिलियन युरो खर्चेका खेलाडीबाट आउने खेलमा सोहि अनुसार प्रदर्शन पाउनेमा ढुक्क छ । रोनाल्डोलाई गोलको खाता खोल्न चार खेल कुर्नुपरे पनि उनले अब आउने खेलमा लयलाई निरन्तरता दिनेमा युभेका समर्थक पनि विश्वस्त छन् ।

३३ वर्षीय फरवार्डले युभेन्ट्सका लागि खेलको ५० औं मिनेटमा गोल गरेका थिए । उनले दोस्रो होल भने १५ मिनेटपछि नै गरे । उनले खेलमा ह्याट्रिक पनि पूरा गर्ने अवसर पाएका थिए तर सफल हुन सकेनन् । यस खेलमा दुई गोल गरेसँगै रोनाल्डोले ४ यस्तो कीर्तिमान कायम गरेका छन् जुन अन्य खेलाडीले बिरलै राख्न सक्छन् :

४. वर्तमान खेलाडीमध्ये सबैभन्दा बढी गोल

क्रिस्टियानो रोनाल्डो गोल मेसिन हुन् भन्नेमा सायदै दुविधा हुन्छ । ३३ वर्षको उमेरमा पनि रोनाल्डो एक युवा खेलाडी जत्तिकै प्रभावशाली देखिंदै आएका छन् । आइतबार युभेन्ट्सलाई लगातार चौथो जित दिलाउँदा उनले २ गोल गरे । हाल उनको क्लब र देशका लागि कुल गोल संख्या ६ सय ६० पुगेको छ । वर्तमान खेलिरहेका खेलाडीमा मेसी ६ सय २१ गोल सहित दोस्रो स्थानमा छन् । त्यसपछि सुचिमा रहेका ज्लाटन इब्राहिमोभिचले ५ सय गोल पुरा गरेका छन् ।

३. लिग फुटबलमा ४ सयौं गोल

रोनाल्डोलाई अन्य खेलाडीसँग तुलना गर्न च्याम्पियन्स लिगमा उनले गरेको गोललाई हेर्दा पनि पुग्छ । उनले पछिल्ला ६ सिजनमा युरोपको शीर्ष क्लब प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि आफ्नो नाम गरेका छन् । यसका साथै उनले लिग फुटबलमा पनि आफ्नो गोल गर्ने शैलीमा कायम राखेका छन् । आइतबार गरेको दुई गोलसँगै उनले लिग फुटबलमा ४ सय गोलको आँकडा पूरा गरेका छन् । यसक्रममा उनले लिग फुटबलमा ५ सय १७ खेल मात्र खेलेका छन् । सन् २००९ देखि  रियल म्याड्रिडका लागि मात्र उनले ३ सय ११ गोल गरेका छन् ।

२. पहिलो गोलका लागि २७ प्रहार

सामान्यतया क्रिस्टियानो रोनाल्डो फरवार्डको भूमिकामा खेल्दा गोल नहुने सम्भावना कम हुन्छ । एक खेलमा नहुँदा अर्को खेलमा त उनले पक्कै गर्छन । रोनाल्डो फरवार्ड खेल्दा विपक्षी गोलरक्षकले बिरलै विश्राम लिने मौका पाउँछन् । यसअघिका लिग खेलमा रोनाल्डोको प्रहारलाई गोलरक्षकले विफल पार्दै आएका थिए । तर आइतबार रोनाल्डोले लिगमा गरेको २७ औं प्रहार भने गोलमा परिणत भयो । गत सिजन उनले २८ औं प्रहार गर्दा गोल गरेका थिए र उनको लागि सिजन सफल नै रहयो । यसपटक पनि सोहि क्रम दोहोरिने युभेन्ट्सको अपेक्षा हुनेछ ।

१. ४ सय लिग गोल गर्ने इतिहासका पाँचौ खेलाडी

रोनाल्डोले लिग फुटबलमा ४ सय गोल पुरा गर्दै फुटबल इतिहासकै सर्वकालीन महान खेलाडीको माझ आफूलाई उभ्याएका छन् । ३३ वर्षको उमेरमा उनले अझै धेरै फुटबल खेल्न बाँकी छ । युभेन्ट्ससँग नै उनको लामो सम्झौता रहेको छ । आउने दिनमा उनले यस सुचिमा रहेका अन्य खेलाडीलाई पनि उछिन्ने प्रबल सम्भावना छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.