7 years ago
September 17, 2018
टुरीन (एजेन्सी) – युभेन्ट्स विंगर डग्लस कोस्टालाई क्लबले सासुओलोविरुद्ध गरेको खराब व्यवहारका लागि छुट्टै कारवाही गर्ने भएको छ । आइतबर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि इटालियन लिगको खेलमा युभेन्ट्सले २-१ को जित हात पारको थियो ।

रोनाल्डोको दुई गोल भने कोस्टाले सासुओलोका फेडेरिको फ्रान्सेसकोलाई गरेको खराब व्यवहारको कारण छायाँमा पर्यो । कोस्टाले खेलदौरान फ्रान्सेसकोलाई सुरुमा कुइनो र टाउकोले हान्नुको साथै अन्त्यतिर थुकेका थिए । यसकारण रेफ्रीले उनलाई थुकेपछि भने रातो कार्ड दिंदै मैदानबाहिर पठाए ।
खेलको अन्तिम समयमा भएको यस व्यवहारले खेलको सम्पूर्ण ध्यान त्यसतर्फ गएको थियो । कोस्टाले यस व्यवहारका लागि कम्तिमा पनि ३ खेल प्रतिबन्ध भोग्ने छन् । क्लब र लिग दुवैले उनलाई थप कारवाही गर्ने सम्भावना छ ।
विपक्षी खेलाडीले उनलाई त्यसो गर्न उत्तेजित गरेको भएपनि युभेन्ट्स प्रशिक्षक मासीमिलानो एलेग्रीले क्लबले यस व्यवहार स्वीकार नगर्ने र कडा कारवाही गर्ने बताएका छन् । ‘उनले कारवाही भोग्ने छन् । यसको लागि मसंग अन्य कुनै शब्द छैन । उनले निकै खराब कार्य गरेका छन्,’ एलेग्रिले भने, ‘ उनले गरेको व्यवहार देखेर म आफैं अचम्मित छु । हामीले उनको रातो कार्डका कारण उनलाई आउने खेलमा प्रयोग गर्न पाउने छैनौं । त्यसैले पनि उनले अझै कारवाही भोग्ने छन् ।’
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]