7 years ago
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक ट्रफी टुर आयोजना गर्ने भएको छ । आइतबार एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिग समितिका संयोजक विज्ञानराज शर्माले साहिद स्मारक ए डिभिजन लिगको ट्रफी काठमाडौं उपत्यकामा टुर गरिने बताए ।

सोमबार दशरथ रंगशालाबाट सुरु हुने ट्रफी टुर उपत्यकाका सात स्थानमा पुर्याइने छ । पहिलो पटक विद्यालय केन्द्रित रहने ट्रफी टुरको मुख्य उद्देश्य लिग फुटबलको माहोल सिर्जना गर्नु रहेको संयोजक शर्माले बताए । रंगशालामा हुने कार्यक्रम त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको विद्यार्थीलाई केन्द्रित गरेर आयोजना गर्न लागिएको हो । सोमबार १ बजेबाट कार्यक्रम सुरु हुनेछ ।
टुर अन्तर्गत काठमाडौंका ५ तथा ललितपुर र भक्तपुरको १-१ विद्यालयमा कार्यक्रम आयोजना गरिनेछ । पछिल्लो पटक मनाङ मर्स्याङदि क्लबले जितेको यस लिगको इतिहास पनि झन्डै ८५ वर्ष पुरानो छ । ९० सालको भूकम्पपछि रामजानकी ट्रफीको नामबाट सुरु भएको यस ट्रफी २००७ सालमा नेपाल पुलिसले पच गरेको थियो ।
प्रजातन्त्र स्थापनाका बेलामा दिवंगत भएका शहिदहरुको सम्झनामा यस ट्रफी अहिले शहिद स्मारक ए डिभिजन लिगले परिचित रहँदै आएको छ । आरसिटीले विसं २०२८, २०२९ र २०३० मा लगातार सहित स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जित्दै ट्रफी पचाएर हाल आफ्नो संग्रहालयमा उक्त ट्रफी सुरक्षित राखेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]